Pokharapatra National Daily

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको तेस्रो प्रदेश साधारण सभा सम्पन्न

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको तेस्रो प्रदेश साधारण सभा कार्यक्रम सभापति चन्द्र किशोर गौतमको सभापतित्व र गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय खगराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
प्रमुख अतिथि मुख्य मन्त्रीले कला र शिप सँस्कृति युक्त ब्यवसायलाई ब्यबस्थित गर्नु पर्छ । हाम्रा आमा दिदीबहिनीहरुले लगाउने मानवीय पानीमा चोरले छर्किएन चोखो शुद्ध बनाउने, शरीरलाई इनर्जी दिने महंगो र धातुको राजा सुनको कारोबार गर्ने व्यवसायीहरु एकताबद्ध हुनुहोस् । यस ब्यवसायमा खरीदार गर्दा सानो सावधानी नअप्दाउदा ब्यवसायी कानुनी दायरामा परेको हामले सुनेका छौं । अब यसको समाधान गर्नकानिम्ति योजना बनाएर आउनुहोस् सभापतिले सही कुरा राख्नु भएको छ । हामी आफ्नो दाउराबाट सहयोग गर्ने छौं । तपाईं व्यवसायीहरुलाई सुन बाहिरबाट ल्याउनु पर्छ त्यो पनि थोरै मात्र । हाम्रो प्रदेश को कालीगण्डकी बाट सुन बगेर गएको छ त्यस्तै यस प्रदेशमा अरुपनि थुप्रै खनिज पदार्थ छन् हामीले उत्खनन् गरि हाम्रो प्रदेशलाई धनी बनाउनु पर्छ । व्यवसायीका पनि केही समस्या समाधान हुन्छ, तपाईंहरू ढुक्क हुनुहोस् । महासंघका निवर्तमान अध्यक्ष मोहन कुमार सुनारले सुनचाँदी व्यवसायीलाई आवश्यक कच्चा पदार्थ कम आयात गर्दा सिजनमा पसल बन्द गर्न पर्ने अवस्था छ ।
व्यवसाय संचालन कार्यबिधी, मापदण्ड निर्देशिका सरकारले नबनाउनु व्यवसायी अन्योलमा छन । यतिका वर्ष सम्मको प्रयास राज्यले सुन्दैनन् भने अब आन्दोलन मा जानुको बिकल्प छैन । महासंघले सदस्यता र ल्याएका आधारमा प्रदेशबाट सुनको बितरण सिफारिस गर्दा मोफसलका ब्यबसायीहरुलाई धेरै राहत हुने बताउनु भयो ।
गण्डकी प्रदेशका माननीय डिल कुमारी पौबि बिश्वकर्माले सुन दलालीको हातमा गएकाले दुर दराजका व्यवसायी समस्या मा छन । यसको अन्त हुन आवश्यक छ । गण्डकी प्रदेशले कोविड–१९ को महामारीमा कोविड हेल्पडेक्स समिति गठन गरि व्यवसायी बचाउने कार्यको लागि सम्मान गर्न चाहन्छु । म र मेरो परिवार ऋणी छौं । समाजले समेत बेवास्ता गरेको बेला तपाईहरूले सहयोग गर्नु भयो । प्रदेश महासंघको कार्यलाई म प्रदेश सांसदको हैसियतले सहयोग गर्नेछु । माननीय गोबिन्द नेपालीले सुनचाँदी ब्यवसायी मा धेरै समस्या छन । यसको लागि कानुन व्यवसायी, प्रदेश सांसद, बिभागिय सचिवहरु प्रहरीहरु सहित बहस चलाउनुहोस त्यसको निस्कर्ष प्रदेश सभामार्फत ऐन कानुन निति निर्देशिका बनाउन पहल गर्ने छौं भन्नुभयो ।
महासंघका उपाध्यक्ष निर्मल बिश्वकर्माले म गण्डकी प्रदेशको संस्थापक भएको र महासंघको उपाध्यक्षको रुपमा रहदा गण्डकी प्रदेशले अरु प्रदेश भन्दाअघि उदाहरणीय कार्यहरू गरेको बताउनु भयो । महासंघका सचिव केस बहादुर सुनारले प्रदेश ले कालिगढ तालिम संचालन गर्दा कोविड महामारीले संचालन रोकिए पनि पुन प्रदेश सरकार सँग मिलेर संचालन गर्नुपर्ने र यस्ता राम्रा कानको लागि महासंघले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा महासंघका सचिव बाबुराम विश्वकर्मा नवलपुर जिल्ला समन्वय समितिको प्रमुख हुनुभएकोमा दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । यसै अवसरमा उहाँले यस्तो सर्हानिय कार्यप्रति आभार प्रकट गर्नु भएको थियो । कार्यक्रममा मधेस प्रदेशका सभापति राम जि साह, प्रदेश सांसद गोबिन्द नेपाली र डिलमाया पौ बि विश्वकर्मालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो। सभामा केन्द्रीय सदस्यहरू मनकाजी घमाल, सुदेशचन्द्र राजभण्डारी निर्मल दियाली र हरि बहादुर बिश्वकर्माले बोल्नु भएको थियो ।
दोस्रो सत्रमा कोषाध्यक्ष नेत्र बहादुर बिश्वकर्माले आर्थिक प्रतिवेदन, सचिव रविन बिश्वकर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सुझाव सहित परित गरिएको थियो । साधारण सभाले चोरीजन्य समस्या समाधान प्रदेश स्तरिय, नीति नियम निर्देशिका भैपरी आउने अन्य कार्यका लागि सभापति चन्द्र किशोर गौतम को संयोजकत्वमा प्रदेश पदाधिकारीहरू र जिल्ला अध्यक्षहरु रहने गरि १६ सदस्यिय समिति गठन गरिएको र जिल्ला अध्यक्ष पुर्ण बहादुर बिश्वकर्मा, देव बहादुर बिश्वकर्मा, बिनोद कुमार बिश्वकर्मा, ठाकुर बि पौडेल र राजेसमान बुद्धाचार्यले बोल्नु भएको थियो । कार्यक्रम संचालन सचिव रबिन बिश्वकर्माले र धन्यवाद सहित कार्यक्रम समापन जिवन कुमार बिश्वकर्माले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्