Pokharapatra National Daily

नयाँ वर्ष र सडक महोत्सव

पोखराको लेकसाइडको सडक महोत्सव छुट्टै पहिचान बनेको छ।सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन पाउने अवसर मिलाउन थालेको २३ वर्ष पुरा भएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन नेपालीलाई पोखरा जाने र विदेशी पर्यटकहरुलाई समेत नयाँबर्षको रमाइलो मनाउन पाउँने मेला हो, पोखरा सडक महोत्सव । नेपालीहरुलाई पनि परिवार सहित घुमघाम गर्ने अवसर बनेको छ सडक महोत्सव । सडकमै रेष्टुराँको परिकारका साथै पर्यटकीय गतिविधि जानकारी गराउन सडक महोत्सव मनाउन थालिएको २४ औं वर्ष लागेको छ । रेष्टुरेष्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले बुधबार सञ्चालन गरेको २४ औं संस्करणको सडक महोत्सव आइतबारसम्म चल्ने छ ।
रुस युक्रेन युद्ध र दुई वर्ष कोरनाका कारण पर्यटन क्षेत्र नराम्ररी थला परेको छ । २ वर्षसम्म पर्यटकहरु आउन नसकेका कारण पर्यटन उद्योगमा परेको असरले धेरै क्षेत्रलाई असर पारेको छ । अहिले केही खुकुलो भएको र अन्तर्राष्ट्रिय जगतमा पर्यटकीय खुलेपछि हरेक व्यक्तिहरुलाई नयाँ ठाउँ घुम्ने रमाइलो गर्ने इच्छा हुन्छ । संक्रमणका बीच पनि सडक महोत्सवको रमाईलो गर्न पाइने आशामा मध्यमस्तरका नेपालीहरु पनि पोखरामा आउने गरेका छन् । महोत्सवको बेला पोखराका पर्यटकीय स्तरका होटलहरु आन्तरिक पर्यटकले पनि भरिभराउ हुने गरेको छ । पर्यटन व्यवसायीहरुको सक्रियतामा मनाउन थालिएको सडक महोत्सवलाई पोखराका विभिन्न जातजातिले सघाउदै आएका छन् । आफ्ना मौलिक भेषभूषा र परम्परा झल्कने झाकी प्रर्दशन गरेर विविधतामा एकता प्रर्दशन गर्ने अवसर बनेको छ । त्यसमा सवैले सहकार्य गर्ने वातावरण वन्दै जानु महोत्सवको सफलता हो । सडक महोत्सव पोखराको ब्राण्ड बन्न सकेको छ ।
चाडपर्वका अवसरमा रमाइलो गरी मनाउने नेपालीहरुको परम्परा बन्दै आएको छ । हरेक चाडपर्वलाई मेला÷उत्सवको रुपमा मनाउने पोख्रेलीहरुले नमूना पेश गरेका छन् । मेलालाई नयाँ रुपमा मनाउने र पर्यटनसंग जोड्ने पोख्रेलीहरुको मौलिकता हो । मेलालाई महोत्सवको रुप दिएर त्यसमा विविधता दिनु परिस्कृत रुप हो । सबैलाई सामेल गराएर रमाइलो दिन सकेमा त्यसले निरन्तरता पाउँछ । मेला, महोत्सव सफल पार्न प्रायोजकले गर्ने सहयोग र दर्शकहरुको ओइरो लागेर पोखराकै चिनारी गराउन सकेको छ । मेला महोत्सव पर्यटन प्रबद्र्धन गर्न, मौलिक संस्कृतिको जगेर्ना र नयाँ संभावनाको खोजी गर्न सघाउ पु¥याउँछ । सडक महोत्सवको मुख्य आकर्षण साँझ र रातिको समयमा हुने भएको हुँदा सुरक्षा र यातायातको राम्रो प्रबन्ध हुनु पर्दछ ।
देश संघीय संरचनामा गएकोे हुँदा तीनै तहका सरकार मिलेर मात्र आफ्नो क्षेत्रको विकास हुन सक्छ । स्थानीय र प्रदेश सरकारले प्रदेश राजधानी पोखराको पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रसंग सहकार्य गर्नुपर्दछ । सरकार र निजी क्षेत्र मिलेर मात्र पोखराको पर्यटन विकास हुन सक्छ । पोखरा पर्यटकीय राजधानी घोषण नभएपनि पर्यटकीय प्रमुख गन्तब्य हो । सरकारले पर्यटन क्षेत्रका व्यवसायीहरुलाई उभिनसक्ने वातावरण बनाउनु पहिलो कर्तव्य हो । सरकार र निजी क्षेत्रले कस्ता गतिविधी सञ्चालन गर्दा पर्यटकलाई आकर्षित गर्न सकिन्छ भनेर संघीय सरकारसंग योजना पेश गर्नुपर्दछ ।
पर्यटकको बसाई अवधि लम्ब्याउने र जीवनमा एक पटक पोखरा पुग्नैपर्ने रहेछ भन्ने सन्देश प्रबाह गर्ने काम पनि पोख्रेलीको हो । कस्तुरीलाई आफ्नै विना थाहा नपाएर भौतारिए झै स्थानीय र प्रदेशको अधिकार र महत्वलाई नबुझि केन्द्रीकृत शासन प्रणाली कै शैलीमा गतिविधि हुन थालेमा त्यसले केहि व्यक्तिलाई फाइदा पु¥याए पनि पोखरा र पोखरेलीले त्यसको फाइदा लिन सक्नेछैनन् । अग्रेजी नयाँ वर्षको अवसरमा भएको महोत्सवले पर्यटन क्षेत्रमा नयाँपन दिन प्रेरित गरोस
शुभकामना ।

प्रतिकृया दिनुहोस्

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...