Pokharapatra National Daily

पोखरामा सुरु भयो सडक महोत्सव

भूकम्प र कोभिड–१९ बाट प्रभावित पोखरा क्षेत्रको समग्र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले बुधबार देखि पोखरामा पोखरा सडक महोत्सव सुरु हुने भएको छ ।
अगेंजी नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा यही पुष १३ देखि १७ गतेसम्म आयोजना हुने सडक महोत्सवले समग्र पोखरा र पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा थप टेवा पुर्याउने आयोजक रेवान पोखराका अध्यक्ष एवं महोत्सव संयोजक नरेश भट्टराईले बताए ।
यस बर्ष पाँच दिने चल्ने पोखरा सडक महोत्सवले यस क्षेत्रको पर्यटन र आर्थिक चलायमान बनाउन महत्वपूर्ण भुमिका खेल्ने भएको उनले जनाए । उनले भने ‘यो सिजनमा मेला र महोत्सव मात्र होइन तमुहरुको महान पर्व ल्होछार, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताले पनि यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा राम्रै उत्साह जगाएको छ ।’ पोखरामा अगेंजी नयाँ बर्षको अवसरबाट नयाँ विमानस्थलबाट हवाई उडान र अन्तराष्ट्रिय उडानको तयारीले पनि आफुहरुमा थप उत्साहित र आशाबादी बनाएको संयोजक भट्टराईले बताए ।
‘सडकमै खाऔं, सडकमै रमाऔं भन्ने नारा सहित लेकसाइडको ३ किलोमिटर क्षेत्रलाई महोत्सवमय बनाउने आफुहरुले तयारी पूरा गरेको संयोजक भट्टराईले बताए । महोत्सवका मुख्य आकर्षणको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुतीः, साँस्कृतिक कार्यक्रम, भारतिय, नेपालका लोपउन्मुख साँस्कृतिक कार्यक्रम, सडक मै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी, बालउद्यान, लाइभ कन्सर्ट प्रस्तुति हुने भएको छ ।
बोट रेस, खुल्ला भेट्रान्स टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्य सहितको डकुमेन्टि प्रर्दशन हुने भएको छ । संयोजक भट्टराईले भने ‘हामीले आगन्तुक पाहुनालाई राम्रो आतिथ्यता दिने हो, हाम्रा रेष्टुरेण्ट तथा होटलको मुल्य सुचि ५ दिनको लागि छुट्टै प्रकासित गर्ने छौंं, त्यो मुल्यमा कसैले बढी लिएको उजुरी परेमा पनि हामीले ठगि मुद्धा चलाउनको लागि सिफारिससम्म गर्ने छौं ।’ रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराका निवर्तमान अध्यक्ष एवं सांस्कृतिक संयोजक चौबहादुर गुरुङले यस बर्ष पनि महोत्सवमा विभिन्न जनजातिको झाँकी, कला संस्कृति झल्कने भेषभुषा सहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत रहेको बताए । उक्त महोत्सवबाट ८५ लाख आम्दानी गरी ७० लाख खर्च हुने अपेक्षा गरिएको रेवान पोखराले जनाएको छ ।
यसैबिच बुधबार पोखराका मेयर धनराज आचार्यले उक्त महोत्सवको उद्घाटन गर्दै पोखराको पर्यटन प्रबद्र्धन गर्न यस्ता मेला महोत्सवले थप सहयोग पुग्ने बताए । जनवरी एक तारिख अर्थात पुष १७ देखि पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल संचालन भएसंगै यसले यस क्षेत्रको विकासमा थप सहयोग पुग्ने दाबी गरे । महोत्सवको अवसरमा विभिन्न जनजातिको झाँकी सहितको ¥याली प्रदर्शनी गरिएको थियो । महोत्सवमा हेलिकोप्टरबाट पुष्पबृष्टि समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्