Pokharapatra National Daily

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय भन्सार एजेन्ट परिषद गठन

अंग्रेजी नयाँ वर्षमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय भन्सार एजेन्ट परिषद् गठन भएको छ ।
भन्सार एजेन्टहरुको पेशागत हकहित र पोखरेली व्यवसायीको व्यापार सहजिकरणका लागि परिषद गठन गरिएको हो । परिषद्को अध्यक्षमा राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका संस्थापक सदस्य सुमन तिमिल्सिना रहेका छन् । सिद्धार्थनगर रुपन्देहीका सचिव सागर भण्डारीको विशेष उपस्थितिमा गठन भएको समितिको उपाध्यक्षमा सूर्यबहादुर थापा, सचिवमा सुवास ढकाल र कोषाध्यक्षमा करिश्मा केसी छन् ।
सदस्यमा विष्णुप्रसाद रिजाल, सुवास पौडेल, विजय पौडेल, सुवास लम्साल, केदार पौडेल, सुजाता अधिकारी, अमृत पराजुली चुनिएका छन् । परिषद्ले व्यवसायीका कामकारबाहीमा सहजीकरण गर्ने सिद्धार््थनगर रुपन्देहीका सचिव भण्डारीले बताए । आगामी दिनमा व्यापारीसँग छलफल गरि व्यवसायीका समस्याका लागि हातमा हात मिलाएर अगाडी बढ्ने उनले जानकारी दिए । भन्सार प्रसाशनका सूचनालाई व्यवसायीबिच अध्यावधिक तथा पुलका रुपमा काम गरिने अध्यक्ष तिमिल्सिनाले बताए । पोखरा हवाई मार्गबाट अन्तराष्ट्रिय बजारमा पहुँच पुग्ने भएकाले नियार्तमा जोड दिने सचिव सुवास ढकालको भनाइ छ साथै व्यवसायीलाई ध्यान दिन उनले आग्रह पनि गरे ।

प्रतिकृया दिनुहोस्