Pokharapatra National Daily

टुर दी पोखरामा महजोडी समेत सहभागी

यस बर्षको टुर दी पोखरा कार्यक्रम अन्र्तगत शनिबार पोखरामा १९ किलोमिटर साइकल र्याली सम्पन्न भएको छ ।
पोखराको प्रर्दशनी केन्द्रबाट बिहान सुरु भएको उक्त र्यालीमा पोखरा सहित काठमाण्डौं, धरान, नेपालगन्ज, चितवन, नवलपुर लगायतबाट सहभागि भएको टुर दी पोखराका संयोजक राजन गोङ्गजुले बताए ।
पोखराको प्रर्दशनी केन्द्रबाट सुरु भई उक्त र्याली महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टि, नालाकोमुख, विन्ध्यवासिनी, बगर, टुडिखेल, हरिचोक मिरुवा, भद्रकालि स्कुल, वडा कार्यालय १३, कुडंर ३२ कि.मी. अमरसिंहचोक कालिकाचोक, गौडामुख, बुद्धचोक, पृथ्बीचोक हुदै प्रर्दशनी केन्द्रमा पुगेर समापन भएको हो । उक्त र्याली पश्चात पोखरामा भएको सोलो साइकल रेसमा अमेरीकाका इलाइजा प्रथम भए । उनले सहभागि १९ जनालाई पछि पार्दै अन्य भन्दा ढिलो (सोलो) साइकल चलायर प्रथम भएका हुन्। सो प्रतियोगितामा सुजन अधिकारी दोश्रो र सिजनराज महत तेश्रो भए । प्रतियोगितामा २० जना सहभागि भएको साइकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यले बताए ।
उक्त कार्यक्रमको शुभारम्भ गर्दै पोखराका मेयर धनराज आचार्यले पोखरामा साइकल सिटिको रुपमा विकास गर्न खोजेको बताए । उनले यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लगेको अबस्थामासाइकलको प्रयोगले पोखराको वातावरण संरक्षण गर्ने अभियानमा सहयोग पुग्ने बताए ।
त्यसैगरी कार्यक्रममा महजोडी हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्यले यस्तो कार्यक्रमले पोखराको खेल पर्यटनको प्रर्बद्धन हुनेमा जोड दिए । नेपाल आयल निगमका प्रमुख इन्जिनियर उमेश थामीले इन्धन बचत गर्ने उद्धेश्यले आयोजित उक्त र्यालीले इन्धन कम खपत गर्न प्रोत्शाहन गरेको बताए । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विदेशबाट आयात हुने अत्याबसेक इन्धनको सकेसम्म कम खपत गर्न सुझाव दिए । पोखरामा यस्ता खेल गतिविधिले खेल पर्यटनको विकास गर्न मद्धत पुग्ने पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताए ।
शनिबार नै पोखरामा भएको खुल्ला रक्तदान कार्यक्रमबाट ३० यूनिट रंक्त संकलन भएको साइकल सिटि पोखराका अध्यक्ष अभिषेक कोइरालाले बताए ।
यसैबिच, विहिबार ७२ किलोमिटर दुरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्याली सम्पन्न भएको छ । टुर दी पोखरा अन्र्तगत फ्रान्समा हुने साइकल टुर कै झल्को दिने गरी विहिबार बागलुङ देखि पोखरासम्मको मन्दिर जोड्ने गरी उक्त कार्यक्रम गरिएको टुर दी पोखराका संयोजक राजन गोङ्गजुले बताए । उक्त र्यालीमा १० बर्षका लुकास भट्टराई देखि ७३ बर्षका तिर्थ श्रेष्ठ सहित करिब एक सय भन्दा बढी साइक्लिटहरुको सहभागिता रहेको उनले बताए ।
स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल भन्ने नाराका साथ साइकल सिटीले टुर दी पोखरा कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको संयोजक गोङ्गजुले जनाए । टुर दी पोखराको पूर्व सन्ध्यामा पोखरामा बुधबार पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोश्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्