Pokharapatra National Daily

पर्यटन प्रबद्र्धनमा कालिकादेखि विध्ववासिनीसम्म साइकलयात्रा

यस बर्षको टुर दी पोखरा कार्यक्रम अन्र्तगत विहिबार ७२ किलोमिटर दुरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्याली सम्पन्न भएको छ ।
टुर दी पोखरा अन्र्तगत फ्रान्समा हुने साइकल टुर कै झल्को दिने गरी विहिबार बागलुङ देखि पोखरासम्मको मन्दिर जोड्ने गरी उक्त कार्यक्रम गरिएको टुर दी पोखराका संयोजक राजन गोङ्गजुले बताए ।
उक्त र्यालीमा १० बर्षका लुकास भट्टराई देखि ७३ बर्षका तिर्थ श्रेष्ठ सहित करिब एक सय भन्दा बढी साइक्लिटहरुको सहभागिता रहेको उनले बताए । स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल भन्ने नाराका साथ साइकल सिटीले टुर दी पोखरा कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको संयोजक गोङ्गजुले जनाए ।
यसैबिच उक्त साइकल र्यालीको गण्डकी प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले गरे । कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्ता कार्यक्रमले खेल पर्यटनको प्रबद्र्धन हुने दाबी गरे । उद्घाटन सत्रमा नेपाल आयल निगमका निर्देशक विनि श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल लगायतको सहभागिता रहेको थियो । बागलुङ मन्दिरका पण्डितबाट टिका र प्रसाद ग्रहण गरी निस्केको उक्त र्यालीले बागलुङ बजार, कुस्मा बजार हुदै विन्ध्यवासिनी मन्दिरमा पुगेर टुंगिएको थियो । विन्ध्यवासिनी मन्दिरमा मुल पुजारीले र्यालीमा सहभागिहरुलाई टिका र प्रसाद प्रदान गरेका थिए भने स्थानिय आमा समुह सहितको टोलीले पोखरामा स्वागत गरेका थिए । कार्यक्रममा देशका विभिन्न भागबाट साइकल यात्रीहरू सहभागीे भएको पोखरा साइकल सिटीका अध्यक्ष अभिषेक कोइरालाले बताए । कम्तिमा पनि एक दिन भए पनि साइकल चढेर पेट्रोलियम पदार्थको खपत घटाउने अभियान आफुहरुले सुरु गर्ने उनले जनाए । यसैबिच यही पुष ९ गते पोखरामा करिब १९ किलोमिटर साइकल र्याली हुने भएको छ । उक्त साइकल र्यालीमा करिब १ हजार ५ सय जना सहभागि हुने अपेक्षा गरिएको संयोजक गोङ्गजुले जनाए । पोखराको प्रर्दशनी केन्द्रबाट सुरु भई उक्त र्याली पोखराका विभिन्न भाग परिक्रमा गरी प्रर्दशनी केन्द्रमै पुगेर समापन हुने भएको छ ।
उक्त अवसरमै उक्तदान कार्यक्रम समेत हुने भएको साइकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यले बताए । अघिल्ला दुई बर्ष कोरोनाको कारण प्रभावित भई स्थगित भएको थियो । टुर दी पोखराको पूर्व सन्ध्यामा पोखरामा बुधबार पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोश्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्