Pokharapatra National Daily

अर्वुद रोग निवारण संस्था कास्की शाखाको २२ औं सभामा शान्तकुमार सम्मानित

नेपाल अर्वुद रोग निवारण संस्था कास्की शाखाको २२ औं वार्षिक साधारण सभा विहीवार सम्पन्न भयो ।
पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले सभाको उद्घाटन गर्दै क्यान्सर रोगको वारे विद्यालयवाट जनचेतनाको कार्यक्रम ल्याउन पर्ने धारणा राखिन् । पोखरामा रहेका स्वास्थ्य महाशाखाहरुमा सहकार्य गरेर क्यान्सरको रोगका वारेमा घर घरबाटै जानकारी गराउनु पर्ने उपमेयर गुरुङले वताईन । सोही कार्यक्रममा कास्की शाखामा लामो समयदेखि आवद्ध भएका शान्तकुमार श्रेष्ठको उत्कृष्ट योगदानको उच्च मुल्याकंन गर्दे सम्मान गरियो । श्रेष्ठ कास्की शाखाका कार्यसमिति सदस्य हुन । नेपाल अर्वुद रोग निवारण संस्था कास्की शाखाका सभापति प्रेमवहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अबुृद रोग निवारण संस्थाका केन्द्रिय कोषाध्यक्ष तथा कास्की शाखाका पूर्व सभापति दिनेश शंकर पालिखे, वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठ लगायत वोलेको कार्यक्रममा कास्की शाखाका उपसभापति नारायण पराजुलीले स्वागत, नेपाल अर्वुद रोग निवारण संस्थाका केन्द्रिय पूर्व उप कोषाध्यक्ष माधव प्रसाद सिग्देलले धन्यवाद र कास्की शाखाका सचिव डिल्लीप्रसाद शार्माले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्