Pokharapatra National Daily

ज्ञान गंगा स्कुलमा विद्यार्थी तथा अभिभावक अभिमुखीकरण कार्यक्रम

ज्ञान गंगा स्कुल पोखरा–१४ चाउथेले बुधबार विद्यार्थी तथा अभिभावक अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रमको लावन्य इन्टरनेशनल प्रा.लि. काठमाडौंका प्रोग्राम डाइरेक्टर तथा अंकुर पुस्तककी लेखिका पुजा शाह प्रमुख अतिथि रहनु भएको थियो ।
सो अवसरमा शाहले विद्यार्थी तथा अभिभावकलाई कम्पिलिट प्रि स्कुल (सिपिएस) को बारेमा प्रकाश पार्नु भएको थियो । उक्त प्रोग्राम बालबालिकाको लागि पूर्ण रुपमा व्यवहारिक शिक्षा भएको र जसमा उनीहरु स्वयम् सहभागी भएर उत्सुकताका साथ सिकाईमा लाग्ने बताउनुभयो । बालबालिका हरेक क्रियाकलापमा आफै सहभागी भएर कार्य गर्ने हुदाँ उनीहरु लगनशिल, इमान्दारिता, अनुशासित एवं जिज्ञासु हुने हुदाँ सिकाई प्रभावकारी हुनेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा विद्यालयका प्राचार्य शिला थापाले विद्यालयले गुणात्मक शिक्षामा जोड दिदै आएको बताउनु भयो । विद्यालयले नयाँ नयाँ क्रियाकलापको आयोजना गरी विद्यार्थीलाई शिपमुलक ज्ञान दिने पनि बताउनु भयो ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले सिकेका विभिन्न किसिममा आफ्ना प्रतिभाहरु देखाएका थिए । कार्यक्रममा विद्यालयको सिपिएस इन्चार्ज सुनिता आचार्यले विभिन्न समयमा बालबालिकाले गरेका क्रियाकलापको प्रोजेक्टरमार्फत अभिभावकलाई दृश्य देखाउनु भएको थियो ।
सो अवसरमा शिक्षिका मैनी महर्जन, नितु गुरुङ, कल्पना गुरुङ, मिनु आले, लक्ष्मी क्षेत्रीले विद्यार्थीहरुलाई क्रियाकलापमा सहजीकारण गर्नु भएको थियो । सो अवसरमा पोखराका सिपिएस ट्रेनर सम्झना रेग्मी र स्मृति गुरुङको पनि उपस्थिती रहेको थियो । स्कुलका प्राचार्य शिला थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सिपिएस इन्चार्ज सुनिता आचार्यले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्