Pokharapatra National Daily

मुलुकमा आर्थिक तथा राजनीति तरलता बन्दै गएको छः मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले मुलुकमा अहिले पनि आर्थिक र राजनीति तरलता बन्दै गएको बताए ।
ब्रह्मकुमारी इश्वरीय विश्वबिद्यालय, पार्दी शाखा अन्र्तगत उपशाखा पोखरा २२ मा निर्माण हुने दिव्य शान्ति भवनको शनिबार एक समारोहका बिच शिलान्यास गर्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् ।
मुलुकमा राजनीति तरलताको स्थिती बन्दै गएको बताएका मन्त्री बरालले आर्थिक हिसावले पनि मुलुक चर्को आर्थिक संकटमा परेकोले नेपाल श्रीलंकाको पथमा जान सक्ने भएकोले यसको समयमै व्यबस्थापन गर्नुपर्ने बताए । समाजमा सदभाव र सहिष्णुतामा पनि चरम प्रकारको अराजकता व्यापक रहेको मन्त्री बरालले जनाए ।
मानिसलाई कसरी सहनशिल, ज्ञानी, असल बनाउन सकिन्छ समाजमा मानिसको दाहित्व के हो भन्ने बिषयमा इश्वरीय विश्व बिद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको मन्त्री बरालले बताए । कुनै पनि राम्रो कामको थालनी गरेका तथा संस्थापकहरुलाई मान सम्मान गर्न नसक्दा त्यसले समाजलाई राम्रो नगर्ने उनले जनाए । मन्त्री बरालले आफ्नो पालामा सुरु गरेका योजनाहरु पूरा गर्न आफु कटिवद्ध भएको जनाए । पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले पुम्दी भुम्दी अब धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको दाबी गरे । उद्योग व्यवसाय गरेको ३० बर्ष भन्दा ५,६ बर्ष देखि पुम्दीकोट बनाउने अभियानमा लाग्दा त्यसले आफुलाई बढी आत्मसन्तुष्टि भएको उनले बताए । ब्रह्मकुमारी इश्वरीय विश्वबिद्यालय नेपालका प्रमुख राजयोगिनी परिणीता दिदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विश्वबिद्यालयका महासचिव सैलेस बराल, पार्दी शाखाकी राजयोगनी अप्सरा दीदी, लव्लीहिलकी राजयोगीनी सुधा दिदी, ब्रह्मकुमार शिसिर लगायतले बोलेका थिए ।
करिब ५० लाखको लागतमा निर्माण हुने उक्त भवन निर्माण गर्न अर्थ मन्त्री बरालको पहलमा प्रदेश सरकारबाट १० लाख बजेट विनियोजन भएको स्थानिय हेमराज बरालले बताए । स्थानिय चन्द्रकला बराल सहितको परिवारले दिएको जग्गामा उक्त भवन बन्ने भएको हो । उक्त भवन बनाउने अभियानमा स्थानिय ममता पौडेलबाट ३ लाख, ऋषि बराल, दुर्गा पराजुली, गोमा बराल, रिता÷हेमराज बराल लगायतबाट सहयोग उपलब्ध हुने भएको छ । उक्त अवसरमा मन्त्री बराल तथा जग्गादातालाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्