Pokharapatra National Daily

कन्या क्याम्पसको ३१ औं बार्षिकोत्सव सम्पन्न

कन्या क्याम्पस पोखराको ३१औं बार्षिकोत्स विहीवार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ ।
क्याम्पस सञ्चालक समितिख अध्यक्ष योगेन्द्र प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा हिला शिक्षामा मात्र केन्द्रित रहि धेरै गुणस्तरिय तथा दक्ष जनशक्तिको उत्पादनमा क्याम्पसको योगदान रहेको बताए । क्याम्पसका प्रमुख अतिथी त्रिभुवन विश्वविद्याल यव्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले क्याम्पसको गुणस्तर अभिबृद्धि नै आजको आवश्यकता रहेको बताए । साथै बर्तमान अवस्थामा सहशिक्षालाई जोड दिन उपयुक्त हुुने तर्क दिए । क्याम्पसको व्यवस्थित भौतिक पूर्वाधार समेत रहेकोले थप नयाँकार्यक्रम सञ्चालन गर्दै अगाडी बढ्न शुभकामना दिएका थिए ।
कन्या क्याम्पस पोखराकाक् याम्पस प्रमुख सुरेस कुमार मानन्धरले क्याम्पसको बार्षिक गतिबिधीको जानकारी दिदै यस बर्ष क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरको प्रमाणपत्र हासिल गर्न सफल भएको जानकारी गराउँदै क्याम्पस आफै विश्वविद्यालयको रुपमा जाने मार्ग खुलेको बताए ।
कालिका पव्लिकक्याम्पसका क्याम्पस प्रमुख ज्योतिबाबु पौडेल, कन्या क्याम्पस पोखराका संस्थापक क्याम्पस प्रमुख प्राध्यापक सुरेन्द्र बहादुर भारीजु, प्राध्यापक संघ सभापति डा. भूमिराज बस्ताकोटी, छात्रा कल्याण समिति संयोजक मता शाह लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । कन्या क्याम्पस पोखरामा प्रत्येक तहमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्राहरुलाई नगद पुरुस्कार लगायत क्याम्पसमा स्थापित विभिन्न दाताहरुको अक्षयकोषको व्याज रकमबाट ३८ जना छात्राहरुलाई रु ४ लाख७१ हजार ८ सयबराबरको छात्रवृत्तिप्रदान गरिएको थियो । सोही अबसरमा समाजसेवी अनुज बास्तोलाले टिकाराम बाँस्तोला अक्षयकोषको नाममारु. ५ लाख रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको थियो । त्यसैगरी दाता पुष्पादेवी श्रेष्ठबाट रु२ लाख ५१ हजार तथा सञ्चालक समिति सदस्य शिवलाल मल्ल बाट रु १ लाख रकमपहिलेको अक्षयकोषमा थपहुने गरी आजको कार्यक्रममा हस्तान्तरण गरेका थिए । बार्षिकोत्सवको अबसरमा क्याम्पसमा क्याम्पस प्रशासन तथा छात्राकल्याण समितिद्वारा सञ्चालित सप्ताहव्यापी अन्तरकक्षा भलिबल प्रतियोगिता, कबिता लेखन तथा वाचन प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता, म्युजिकल चेयर जस्ता कार्यक्रमका बिजेताहरुलाई पुरुस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो । साथै क्याम्पसको बार्षिकोत्सवको अवसरमा कन्याक्याम्पस प्राध्यापक संघको आयोजनामा कास्की जिल्ला अवस्थित अन्तर सामुदायिक क्याम्पस छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएकोमा प्रथम हुन सफल कन्या क्याम्पस पोखरा, द्धितिय हुन सफल जनप्रिय बहुमुखी क्याम्पस तथा तृतियहुन सफल बिन्दवासिनी क्याम्पसका छात्राहरुलाई सिल्ड, नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कन्या क्याम्पस छात्रा कल्याण समितिका सह संयोजक बी.एड. दोश्रो बर्षका छात्रा अन्जली गिरीलाई स्टुडेन्ट अफ द इयर घोषणा गरि सम्मानपत्र, नगद तथा मायाको चिनो प्रदानगरिएको थियो । क्याम्पस सञ्चालक समितिका सदस्य शीबलाल मल्लले सम्पूर्ण उपस्थित अतिथीहरुलाई धन्यबाद व्यक्त गर्नुभएको थियो । छात्राहरुबाट नृत्य तथाबिभिन्न प्रतिभाहरु समेत प्रस्फुटन गरिएको उक्त कार्यक्रमलाई क्याम्पसका सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठ तथा छात्राद्वय सुप्रिया कुँवर र एलिसा सुबेदीले सञ्चालन गरेका थिए । कार्यक्रममा छात्राहरु, प्राध्यापक कर्मचारी, अभिभावक, संघसंस्था प्रतिनिधीलगायत सरोकारवालाहरुको उपस्थिति रहेका थिए ।

प्रतिकृया दिनुहोस्