Pokharapatra National Daily

पोखरा सडक महोत्सव यस वर्ष ५ दिन हुने

भूकम्प र कोभिड–१९ बाट प्रभावित पोखरा क्षेत्रको समग्र पर्यटन प्रबद्र्धन गर्न यस बर्ष पाँच दिने पोखरा सडक महोत्सव आयोजना गरिने भएको छ ।
अग्रेंजी नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा आउदो पुष १३ देखि १७ गतेसम्म आयोजना हुने सडक महोत्सवले समग्र पोखराको पर्यटन प्रबद्र्धनमा थप टेवा पुर्याउने रेवान पोखराका अध्यक्ष एवं महोत्सव संयोजक नरेश भट्टराईले बताए ।
“सडकमै खाऔं, सडकमै रमाऔं भन्ने नारा सहित लेकसाइडको ३ किलोमिटर क्षेत्रलाई महोत्सवमय बनाउने आफुहरुले तयारी तिव्र पारिएको संयोजक गरिएको भट्टराईले बताए । महोत्सवका मुख्य आकर्षणको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुतीः, साँस्कृतिक कार्यक्रम, भारतिय, नेपालका लोपउन्मुख साँस्कृतिक कार्यक्रम, सडक मै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी, बालउद्यान, लाइभ कन्सर्ट प्रस्तुति हुने भएको छ ।
बोट रेस ,खुल्ला भेट्रान्स टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्य सहितको डकुमेन्टि प्रर्दशन हुने भएको छ । संयोजक भट्टराईले भने “ हामीले आगन्तुक पाहुनालाई राम्रो आतिथ्यता दिने हो, हाम्रा रेष्टुरेण्ट तथा होटलको मुल्य सुचि ५ दिनको लागि छुट्टै प्रकासित गर्ने छौंं, त्यो मुल्यमा कसैले बढी लिएको उजुरी परेमा पनि हामीले ठगि मुद्धा चलाउनको लागि सिफारिससम्म गर्ने छौं । ”
महोत्सवलाई सफल पार्न विभिन्न शहरसम्म जाने तयारी भएको महोत्सवका प्रचार संयोजक बिश्वराज पौडेलेले बताए । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराका निवर्तमान अध्यक्ष एवं सांस्कृतिक संयोजक चौबहादुर गुरुङले यस बर्ष पनि महोत्सवमा विभिन्न जनजातिको झाँकी, कला संस्कृति झल्कने भेषभुषा सहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको बताए । होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले रेवान पोखराको आयोजनामा पोखरामा हुने पोखराको सडक महोत्सव र संघको जाउँ है पोखरा अभियानले पोखराको पर्यटन प्रबद्र्धन गर्नूका साथै पोखराको ब्राण्ड नै बनेको दाबी गरे । अहिलेको अबस्थामा आन्तरिक भन्दा विदेशी पर्यटकहरु विस्तारै आउने क्रम भएकोले आफुहरु बढी आशाबादी भएको उनले जनाए । महोत्सवका अवसरमा आन्तरिक पर्यटकको सहभागिताले आफुहरुलाई निकै हौसला मिल्ने गरेको उनले जनाए । उक्त महोत्सवबाट ८५ लाख आम्दानी गरी ७० लाख खर्च हुने अपेक्षा गरिएको रेवान पोखराले जनाएको छ ।

प्रतिकृया दिनुहोस्