Pokharapatra National Daily

महिलाको मुद्दालाई विशेष प्राथमिकता दिनेछुः विद्या भट्टराई

कास्की–२ बाट निर्वाचित सांसद विद्या भट्टराईले आफ्नो राजनीतिक पृष्ठभूमिलाई नजरअन्दाज गर्दै पारिवारिक विरासतको रूपमा मात्र हेरिनु न्यायोचित नहुने बताउनुभएको छ ।
पोखरामा बुधबार नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी क्षेत्र नं २ ले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफू पारिवारिक जीवनबाट सामाजिक र राजनीतिक जीवनमा आइसकेकाले विरासतभन्दा पनि आफ्नो क्षमता मूल्याङ्कन हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “पारिवारिक विरासतको मेरो परिचय म गर्व गरेर स्वीकार गर्छु । तर, राजनीतिक हिसाबले मेरो पहिचान त्योमात्रै होइन”
महिला बालबालिकाका सवालमा उठेका प्रश्नको जवाफ दिँदै भट्टराइले आफू सबैको सांसद हो र त्यसमा पनि महिलाको मुद्दालाई विशेष प्राथमिकता दिएर निरन्तर सांसदमा आवाज उठाएको बताउनुभयो । सोही अवसरमा कास्की–२ (१)का प्रदेश सांसद भीमबहादुर कार्कीले जनताको मतको उच्च सम्मान गर्दै प्रदेशको विकासमा प्रेसको सहकार्य आवश्यक रहेको र प्रदेश प्रेस विधेयक जारी गर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्