गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले अन्याय नै भए पनि आफूले काँग्रेसमा बसेर राजनीति गर्ने बताउनुभएको छ ।
मङ्गलबार बर्खास्तीमा पर्नुभएका खड्काले बिहीबार पत्रकार सम्मेलन गरी आफूलाई अन्यायपूर्ण तवरबाट बर्खास्त गरिएको बताउनुभयो । बर्खास्तीबारे आफूसँग मुख्यमन्त्रीले कुनै सरसल्लाह नगर्नुभएको बताउँदै उहाँले सञ्चारमाध्यमबाट जानकारी पाएको बताउनुभयो । टिकट नपाएकै कारण कांग्रेस नछाड्ने बताउँदै उहाँले आफूले अखण्ड नेपाल पार्टीलाई कांग्रेसमा समाहित गरेर आएको र पार्टीले सांसद, लेखा समिति सभापति, मन्त्री जस्ता जिम्मेवारी दिएको उल्लेख गर्नुभयो । बर्खास्तीबारे मुख्यमन्त्रीसँग जवाफ खोज्ने बताउँदै उहाँले यो बर्खास्ती विन्दुकुमार थापा र मुख्यमन्त्रीसँग पछिल्लो समयमा चिसिएको सम्बन्ध कारण हुनसक्ने संकेत गर्नुभयो । आफूले उम्मेदवार विन्दुकुमार थापालाई असहयोग नगरेको तर थापाले आफूलाई निराधार आरोप लगाएको खड्काले बताउनुभयो । आफू मन्त्री पदमा रहँदा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उहाँले यस अवधिमा यातायात क्षेत्र लगायतमा महत्वपूर्ण उपलब्धि हासिल भएको जिकिर गर्नुभयो ।
अन्याय भए पनि कांग्रेसमै बसेर राजनीति गर्छुः पूर्व मन्त्री खड्का
प्रतिकृया दिनुहोस्