Pokharapatra National Daily

पोखराको समृद्धिमा जिम्मेवार बन्ने एमाले उम्मेदवार विद्या भट्टराईको प्रतिवद्धता

नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको समृद्धिका लागि जिम्मेवार भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै गर्दा घरदैलो कार्यक्रम अन्तर्गत सोमवार पोखरा महानगरपालिका वडा नं.८ र १६ का मतदातासंग उनले पोखराको समग्र विकास निर्माणमा प्रतिवद्ध भएर लाग्ने विश्वास व्यक्त गरिन् । पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र खेलकूदको सहरका रुपमा विकास गर्नु अपरिहार्य भएको उल्लेख गर्दै नेत्री भट्टराईले यसका लागि तीनै तहका सरकार बीच समन्वय र सहकार्यको खाँचो औल्याईन् । एमालेको समृद्ध नेपाल, सुखी नेपाली अभियान वर्तमानको आवश्यकता भएकोमा जोड दिंदंै उनले भनिन्–‘ प्राकृतिक छटाले भरिपूर्ण पोखरालाई थप आकर्षक भौतिक पूर्वाधार विकास गर्दै पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्नेछु ।’ पोखराको बिच भागमा अवस्थित निर्वाचन क्षेत्र नं. २ को विकास निर्माण समग्र पोखराको विकासमा योगदान पुग्ने बताउँदै घरदैलोमा पुगेर मतदातासंग भट्टराईले भनिन्–‘अधिकार दिनुहोस समृद्धि र विकासको अभियानलाई पुरा गर्दछु ।’ समृद्धिको अभियानलाई सार्थक बनाउन भूमिहिनलाई जग्गाको मालिक बनाउनुको विकल्प नभएको उल्लेख गर्दै उनले एमालेले भूमिहिन सुकुम्वासी वस्तिमा आवश्यक भौतिक पूर्वाधार विकास निर्माणलाई प्राथमिकतामा राख्दै आएको स्मरण गरिन् । मुलुक नीति, विचार र सिद्धान्तले नै अघि बढ्ने विश्वास व्यक्त गर्दै निर्वाचनमा भएको पाँच दलीय गठबन्धनले मुलुकलाई निकास दिन नसक्ने उनले ठोकुवा गरिन् । उम्मेदवार भट्टराईले सोमवार विहान पोखराको नयाँ बजारस्थित ब्रमकुमारी इश्वरीय विश्वविद्यालयमा पुगेर आशिर्वाद लिएकी थिईन् । घरदैलो अभियानमा निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेदवार मिना गुरुङले सुशासनयुक्त समाज निर्माणका लागि मातृशक्तिलाई जिम्मेवार बनाउन मतदातालाई आग्रह गर्दै महिला उद्यमशीलता र युवा स्वरोजगार अभिवृद्धिमा जुट्ने प्रतिवद्धता व्यक्त गरिन् । घरदैलो अभियानमा प्रदेश सभामा समानुपातिक उम्मेदवार डा. छममाया पुनको सहभागिता रहेको थियो । कास्की जिल्लाको उत्तरीदेखि दक्षिणी भूभाग समेटिएको ंनिर्वाचन क्षेत्र नं. २ अन्तर्गत पोखराका ४, ७, ८, ९ ११, १५, १६, १७, २०, २१ र ३३ गरि कूल ११ वडा रहेका छन् ।

प्रतिकृया दिनुहोस्