Pokharapatra National Daily

कास्कीको राजनीतिक पहिचान बनाउँछु – बराल

कास्की क्षेत्र  १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले कास्कीको राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।
‘कास्की प्राकृतिक सुन्दरता, तालतलैयाले मात्र चिनिएको छ, उहाँले भन्नुभयो – अब राजनीतिक पहिचान पनि बनाउनुपर्छ ।’ उहाँले मतदाताले गर्वको अनुभुति गर्ने गरी आफूले संसदमा काम गर्ने उल्लेख गर्नुभयो । बलियो संसद निर्माणका लागि आफूले भुमिका निर्वाह गर्ने उहाँको भनाइ छ । मतदाताबाट प्राप्त प्रेम, सद्भाव र विश्वासले आफूलाई उत्साहित बनाएको बताउनुभयो । ‘मतदाताले ढुक्क हुनहोस्, विजयी हुनुहुन्छ भन्नुभएको छ, उम्मेद्बार बरालले भन्नुभयो – निकै उत्साहका साथ मतदाता भेटघाटमा छु ।’ उहाँले राजनीतिमा अनुशासन, मर्याद र शुद्वता आवश्यक रहेको बताउनुभयो । उम्मेद्बार बरालले वर्तमान शिक्षा व्यवस्थामा परिवर्तन गरी शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने उल्लेख गर्नुभयो । कृषि, पर्यटन, शिक्षा, बेरोजगारीको अन्त्य र आयात प्रतिस्थापनमा जोड दिनुभयो । पोखरा १४ मा सोमबार मतदाता भेटघाट र घरदैलो गर्दै उहाँले गठबन्धनको सरकारले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने र भूमिहीन सुकुम्बासीलाई लालापूर्जा उपलब्ध गराउने बताउनुभयो ।
कास्की क्षेत्र नं १(ख) प्रदेश सभा उम्मेद्बार दीपक गुरुङले जनताको दुःख र सुखमा सदैव साथमा रहने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्