Pokharapatra National Daily

८४ वर्ष पुरा गरेका भारतीय सेनाका पूर्व जनरल मेहतासगै ११ जनालाई सम्मान

८४ वर्ष उमेर पुरा गरेका भारतीय सेनाका पुर्व मेजर जनरल अशोक मेहतासगै ११ जनालाई पोखरामा एक कार्यक्रम आयोजना गरि सम्मान गरिएको छ ।
२÷५ जी आर (एफ एफ) (भी सी पल्टन) पूर्व सैनिक परिवार पोखराको १३६ औ जन्म जयन्ती (मालाकाण्ड डे) को अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा ८४ वर्ष उमेर पुगेका पल्टनका सदस्य र उनीहरुका परिवारलाई सम्मान गरिएको हो । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मेहता सगै १०४ वर्षका राम प्रसाद गुरुङ गरि ११ जनालाई सम्मान गएिको थियो ।
आफना पल्टनका पुर्व सैनिक परिवारसंग आफनो ८४ औ जन्मोत्सव मनाउन मेहता पोखरा आएका हुन् । चार वर्ष अघि मेहताले आफनो ८० औ जन्मोत्सव समेत पोखरामा मनाएका थिए । पोखरा महानगरपालीका ३२ लामेआहाल स्थित बुद्धीमान गुरुङको घरमा आफनो ८० औ जन्मोत्सव मनाउने क्रममा मेहताले सोही दिन आफनो ८४ वर्षको जन्मोत्सव समेत पोखरा आएर मनाउने बताएका थिए । सन १९९३ मा अदिती संग पल्टनमा र त्यसपछि पोखराको विन्ध्यवासिनी मन्दिरमा आई उनले विहे समेत गरेका थिए ।
कार्यक्रममा विभिन्न विषयमा स्नातक तह उत्तिर्ण गरेका सैनिकका परिवारका ९ जनालाई सम्मान गरिएको आयोजक २÷५ जी आर (एफ एफ) (भी सी पल्टन) पुर्व सैनिक परिवार पोखराका अध्यक्ष सुदर्शनसिंह थापाले जानकारी दिए । आयोजक संस्थाका सचिव दल बहादुर गुरुङका अनुसार अनुसार समितिले वर्षमा दुई पटक भि सि डेका अवसरमा २६ जुुनमा र मालाकाण्ड डे का अवसरमा १० नेभेम्वर गरि वर्षको दुई पटक विशेष कार्यक्रम आयोजना गरि वार्षिकोत्सव मनाउने गरेको छ ।
पोखरा आउदा प्राय भारतीय पेन्सन क्याम्प रामवजारमा वस्दै आएका मेहता विगत १०÷११ वर्षदेखी लामेआहाल स्थित सुवेदार यामवहादुर गुरुङको घरमा वस्ने गरेका छन् । भारतीय सेनाको २÷५ जिआरमा काम गरेका गुरुङलाई छोरा मान्ने मेहता नेपाल आउदा प्राय उनकै घरमा वस्ने गरेका छन् । गुरुङलाई छोरा मान्ने मेहता वर्षमा ३÷४ पटक पोखरा आउने गरेका र आउदा उनकै घरमा वस्ने गरेका छन् । मलाई विहान वेलुका धेरै हिड्न पर्छ पेन्सन क्याम्पमा वस्दा हिड्ने स्थान छैन तर लामेआहलमा वस्दा चारै तिर पहाड छ र हिड्नका लागि सहज हुने गरेका कारण आफु लामेआहाल आएर वस्ने गरेको मेहताले वताए । शाकाहारि खाना खाने उनले प्राय नेपाली खाना र साग सव्जी मन पराउने गरेको गुरुङ वताउछन् ।

प्रतिकृया दिनुहोस्