Pokharapatra National Daily

कुराले भन्दा कामले सबैको मत बटुल्दै माइला दिपक

सानै उमेरदेखी कुरा भन्दा काम गर्ने, शिष्टता पुर्वक हाँस्ने, चकचक कम गर्ने, दुइ साथीविच झगडा देख्यो कि जुरुक्क उठेर गल्ती गर्नेलाइ सम्झाउने उनको वानी थियो । साथीभाइको भिडमा पनि आँफु भलादमी भएर बस्ने विचार पस्कदा परिपक्कदा भएर बोल्ने । उनको परिपक्कदा वानीले यो दिपक थोरै वोल्छन् दीर्घकालीन सोचेर वोल्छन् भनेर साथीभाइले समस्याको गाँठो फुकाउने साथीको रुपमा चिन्थे । हरेक साथीभाइको विवाद मिलाउने प्रतिभाले उनलाइ अदालत आयो अव निर्णय गर्छ भनेर सवैको न्यायाधीश वने दिपक । उनै दिपक घरदैलोमा मतदाता सँग कुराले भन्दा पनि काम गरेर देखाउँछु भन्दै मत बटुल्दै हिंडेका छन् ।
पोखरा वडा नं १३ बाँझापाटन निवासी दिपक गुरुङ माइला कास्की जिल्ला क्षेत्र नं १ ‘ख’ मा प्रदेश सभाको लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदावर हुन् । उम्मेदवार गुरङ आफ्नो क्षेत्रमा मुसुक्क हाँस्दै मत माग्दै हिडेका छन् । युवाको जोश र ऊर्जालाई विकास निर्माणको कार्यमा सदुपयोग गर्न विशेष कदम चाल्ने प्रदेश सभा सदस्यमा पदमा उठेका उम्मेदवार माइला वताउँछन् । आफ्नो क्षेत्रमा विशेष गरी कृषियोग्य जमिन बाँझो रहनुको साथै गास वास कपासमा परनिर्भरता बढ्नाले युवा विदेशीन वाध्य भएको भन्दै ती सवै समस्यालाई सुल्झाउन लागि आँफु तयार रहेको चुनावी प्रचार अभियानमा बताउँदै हिडेका छन् माइला ।
वास्तवमा परिवर्तनका खम्बा युवाशक्तिलाई कुलत र कुसंस्कारबाट जोगाउँदै वडा विकासमा समाहित गर्न सकेमात्र हामीले खोजेजस्तो परिवर्तन गर्न सकिनेमा माइला विश्वस्त छन् । भविश्यप्रतिको आशाबोध जगाएर मात्र युवाहरूलाई राजनीतिमा तान्न सकिने हुँदा आगमी दिनमा ठोस कदम चाल्नेमा प्रतिवद्धता रहेको माइलाले भने । कास्की क्षेत्र नं १ को ख पोखरा १० रामबजार पुग्दा तिनै फुर्तिला युवा निकै उत्साहका साथ घरदैलोमा थिए । उनलाई साथ दिन करिब उस्तै उमेरका युवाहरू लामवद्ध भएका थिए र उमेर पुगिसकेका अग्रजहरुले पनि ती युवाका लागि मत मागिरहेका थिए ।
केही दिन यतादेखी चुनावी घरदैलोमा व्यस्त गुरुङले पर्यटकीय गाउँ सिक्लेस, ताङतिङ सहित याङजाकोट लगायत मादी गाउँपालिकामा घरदैलो सकिसकेका छन । मादी गाउँपालिकाका १२ वटा वडा र पोखरा महानगरपालिकाका पाँचवटा वडा यस क्षेत्रमा पर्दछन् । नेपाली कांग्रेसमा विद्यार्थीकालीन राजनीतिबाट प्रवेश गरी तरुण दल हुँदै हाल पार्टीको महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी रहेका गुरुङ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । सायांैलाइ सहयोगी हात फैलाएका विषय सदैव गोप्य राख्न सफल गुरुङको अझ इमान्दारीताको पगरी हो । गुरुङले मुख्य रुपमा राखेका योजनाहरु क्रमश पर्यटन पूर्वाधार र रोजगारी, शिक्षा र स्वासथ्य , कृषि, खानेपानी र सिंचाई, उर्जा तथा जलश्रोत, युवा तथा खेलकुद र महिला तथा बालबालिकाको क्षेत्र हुन् ।
गुरुङ ठिटो जन्म भएको पनि ४१ वर्ष भएछ । गुरुङको राजनीति पृथ्वीनारायण क्याम्पसमा पढ्दा २०५६ सालबाट नेपाल विद्यार्थीसंघ मार्फत सुरु गरेका थिए । नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै उनी अहिले पार्टीमा महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य समेत छन । मादी क्षेत्रमा प्रख्यात र लोकप्रिय खेल बास्केटबलको विकास उनकै पहलकदमीमा सुरु भएको हो । २०५४ सालमा दीपकले नै याङ्जाकोट, ताङतिङ, सिक्लेस, चिप्ली लगायतका ठाउँमा २०५४ सालमा मार्ले नामक बास्केटबल टिम स्थापना गरे । पोखरा १३ मा हरेक वर्ष विजयदशमीको अवसरमा हुने सवै भन्दो ठुलो सांगीतिक कार्यक्रम कालरात्रीका सुरुवाकर्ता हुन गुरुङ । उनै गुरुङ सामाजिक भावनामा ओतप्रोत, विकासप्रेमी, खेलकुदप्रेमी हुँदै शिक्षा क्षेत्रमा समेत हालै भद्रकाली बहुमुखी क्याम्पसको संचालक समितिका सदस्य बने ।

प्रतिकृया दिनुहोस्