Pokharapatra National Daily

गण्डकीका उर्जा मन्त्री आचार्य बर्खास्त

गण्डकी प्रदेश सरकारका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री आचार्यलाई मंगलबार पदबाट बर्खास्त गरेका हुन् । उक्त पदबाट बर्खास्त गरैसंगै मुख्यमन्त्री पोखरेलले उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय आफ्नै मन्त्रालयमा लगेका हुन् । मन्त्री आचार्यले गठबन्धनलाई असहयोग गरी एमालेलाई सहयोग गरेको आधारमा बर्खास्त गरिएको हुन सक्ने श्रोतको भनाई छ ।
मुख्यमन्त्री पोखरेलले शीर्ष नेताहरुको सहमति लिएर आचार्यलाई बर्खास्त गरेका हुन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नै आचार्यलाई कारवाही गर्न मुख्यमन्त्री पोखरेललाई निर्देशन दिएको श्रोतको भनाई छ ।
मन्त्री आचार्यलाई बर्खास्त गरिएको मुख्यमन्त्रीको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वीकृत गरेका छन् । प्रदेश प्रमुख गुरुङको सचिवालयले मंगलबार एक सूचना जारी गरी मन्त्री आचार्यलाई बर्खास्त गरिएको जनाएको छ । आचार्यको पार्टी नेपाल समाजवादी पार्टी गठबन्धनमा रहेपनि आचार्य भने गठबन्धनको विरोध गर्दै आएका थिए । उनले पछिल्लो समय एमालेलाई सहयोग गर्दै आएको गठबन्धनको आरोप छ ।
बर्खास्त आफ्नो लागि चुनौतीको कुरा भएको बताएका आचार्यले उक्त निर्णय निर्लज्जाको परकास्ट भएको जनाए । आफु अब नयाँ स्वाभिमान ढंगले अघि बढ्ने बताउदै उनले बाबुराम भट्टराईको डिजाइनमा भएको कारण आफुलाई बर्खास्त भएको दाबी गरे । नितिगत रुपमा गठबन्धन कुनै एउटा कमाउने र खाने धन्दा भएको निवर्तमान मन्त्री आचार्यले बताए । केपी ओलीसंग डराएर गठबन्धन भएको उनको आरोप थियो । उनले भने “मलाई खुट्टामा बन्चरो हान्ने बिरुद्ध अब म बोल्न बाध्य हुने छु यसले बाबुराम र प्रचण्डलाई असर पर्न सक्छ ।” करिब डेढ बर्षको अन्तरालमा अन्य मन्त्रालयहरु भन्दा बढी ९० प्रतिशत प्रगति गरेको दाबी गर्दै उनले राम्रो काम गरेको फल बर्खास्त हुनु परेको जनाए ।
उहाँ गत निर्वाचनमा गोरखा जिल्लाबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा विजयी बन्नुभएको थियो । अहिलेको निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका आचार्यले पछि उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्