Pokharapatra National Daily

युवालाई उद्यमशील बनाइ स्वदेशमै राख्ने– बराल

कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले समाज र समृद्विको विषयमा आफू सबैको साझा भएको बताए । ‘राजनीतिक रुपमा म काँग्रेस हुँ, कास्की काँग्रेसको सभापति हुँ, उनले भने – समृद्वि र समाजको विषयमा म सबैको साझा हुँ ।’
कस्कीको रुपा गाउँपालिकाको बराथोक, मियाँ गाउँ, भीरचोक, फालभज्याङ, मोहरिया, माझकोट, चिसापानी, देउराली लगायतका स्थानमा आयोजित घरदैलो तथा कोणसभामा बोल्दै उनले त्यस्तो बताएका हुन । अघिल्लो निर्वाचनमा बहुमत प्राप्त दल नेकपा एमालेले जनअधिकार र संविधानलाई कमजोर बनाएका कारण गठबन्धन गर्नु परेको भने । जनताको आशा विकास र समृद्वि भएपनि बहुमत प्राप्त एमालले त्यसो गर्न नसकेको उनको भनाइ छ । उम्मेदबार बरालले विद्यालयको शिक्षालाई सुधार गर्दै कृषि र पर्यटनसँग जोड्नुपर्ने, युवालाई उद्यमशील बनाइ स्वदेश भित्र नै जोगाउनुपर्नेमा जोड दिए । विकासका रुपमा बाटो, विद्युत, पुल, खानेपानीलाई मात्रै हेर्न नहुने उनको भनाइ छ । ‘जनताका आवश्यकता पुरा गर्छाै नै उनले भने । अब विकासलाई नयाँ ढंगबाट सोच्नुपर्ने समय आएको छ ।’ आफूले जनताको मन र आवश्यकतालाई बुझेको भन्दै जनमतको अपमान नगर्ने बताए ।
रुपाको घरदैलो र कोणसभामा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार, नेताहरु यज्ञ बहादुर थापा, कृष्ण केसी लगायत सहभागी थिए ।
उम्मेद्बार बराल र कास्की क्षेत्र १ ख प्रदेश सभा सदस्य सोमबार वडा १३ मा विभिन्न टोल टोलमा हुने घरदैलो र कोणसभामा सहभागी हुने छन् ।

प्रतिकृया दिनुहोस्