Pokharapatra National Daily

पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नती गछौंः उमेदवार बराल

पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवनले पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नती गर्ने बताएका छन् ।
कास्कीको माछापुच्छ गाँउपालिका विभिन्न पर्यटकीय गाँउहरुको घर दैलो कार्यक्रममा आइतबार पुगेका उमेदवार बरालले पर्यटकीय महत्व रहेको ल्वाङमा पिच सडक निर्माणमा आफ्नो तर्फबाट बिषेश पहल गरी सडक स्तरोन्नती गर्ने बताएका हुन् । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका उमेदवार बरालले भने “यसै चालु आर्थिक बर्षमा ल्वाङ सडक स्तरोन्नतीको लागि एक करोड बजेट विनियोजन भएको छ, उक्त सडक पिच गर्न आवश्यक पर्ने रकमको व्यबस्था संघ र प्रदेशबाट हामी गछौं, यसमा तपाईहरुले हामीलाई मतदान गरी काम गर्ने वातावरण मिलाउनु पर्यो । ” स्थानियले सडक बाटोसंगै खानेपानी लगायतका समस्या उमेदवार बराल समक्ष माग गरेका थिए । स्थानिय भरत गुरुङले रामजी बरालबाट आफुहरु निकै प्रभावित भएको उल्लेख गर्दै २०७४ सालमा दिएको मतको सहि सदुपयोग भएको बताउदै माछापुच्छको सडक, पुल, खानेपानी लगायतका विकास निर्माणमा उमेदवार बरालको अग्रणि भूमिका रहेको दाबी गरे ।
गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र ३(१) का प्रत्यासी प्रदेश सभा सदस्य दुर्गादत्त भण्डारीले रामजी बरालले थालनी गरेका विकासका अधुरा कार्य सम्पन्न गरी माछापुच्छेबासिको विकासमा कटिवद्ध भएको बताए । आइतबार माछापुच्छ गाउँपालिको खोराकोमुख, ल्वाङ, लुम्रे, क्यूवाङ, सैदीघट्ट, इमु, तक्रो सिदिङ लगायतका क्षेत्रमा घर दैलो कार्यक्रममा पूर्व सांसद एवं कागेंस नेतृ शारदा पौडेल, माओबादी केन्द्र, एकिकृत समाजबादी लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आगामी मंसिर ४ गते निर्वाचन हुदैछ् ।

प्रतिकृया दिनुहोस्