Pokharapatra National Daily

‘समृद्धिको अभियानलाई सार्थक बनाउन उम्मेदवारी’—विद्या भट्टराई

नेकपा एमाले कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकको समृद्धिको अभियानलाई सार्थक बनाउन आप्mनो उम्मेदवारी भएको बताएकी छन् ।
पोखरा १७ विरौटामा स्थापना गरिएको निर्वाचन परिचालन कमिटि कार्यालयको मंगलवार उद्घाटन कार्यक्रममा बोल्दै उनले राष्ट्रियता र लोकतन्त्रको रक्षासँगै जनताका आधारभुत आवश्यकता पुरा गर्न एमालेको विकल्प नरहेको बताईन् । अधुरा काम पुरा गर्ने लक्ष्यका साथ दुई बर्ष अघि दुःखद अवस्थामा भएको उपनिर्वाचनमा निर्वाचित भएसँगै यस क्षेत्रको भौतिक, सामाजिक एवम् मानवीय विकासमा आप्mनो तर्पmबाट सक्दो प्रयास गर्दै आएको स्मरण गर्दै उनले यस अवधिमा स्वर्गीय रविन्द्र अधिकारीले शुरुवात गरेका कतिपय विकास निर्माणका काम पुरा भएको बताईन् । नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेकी बौद्धिक व्यक्तित्व भट्टराईले भनिन् – ‘मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा जनताको बलबाट परमादेशको गठवन्धन सरकारलाई विस्थापित गरि जनादेशको सरकार स्थापित हुने छ ।’
भट्टराईले मुलुकका युवा शक्तिलाई विदेशमा नभई स्वदेशै उत्पादनमा जोडदै व्यवसायिक बनाउन एमालेको सरकारले गरेको अभियानलाई वर्तमान गठवन्धन सरकारले रोकेको बताउँदै पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणसंगै यस क्षेत्रका पहुँच मार्गको स्तरनोन्नति गर्नु पर्ने आवश्यकता औल्याईन् । नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार भिमबहादुर कार्कीले मुलुकका विपन्न, उत्पिडित, महिला पिछडिएका वर्ग र सुकुम्वासीको उत्थानका लागि पार्टीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । नेकपा एमाले पोलिटव्यूरो सदस्य सीता गिरी ओलीले निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै जनताका घरघरमा पुगेर समस्या समाधानतर्पm लाग्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिईन् । कुरा गरेर होईन काम गरेर पार्टीलाई स्थापित गर्दै जनताका समस्या पहिचान गरि समाधानतर्पm लाग्नुपर्नेमा जोड दिंदै उनले यस क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन सफल विकास प्रेमी नेता स्वर्गीय रविन्द्र अधिकारीको अभाव खड्किएको स्मरण गरिन् । नेकपा एमाले केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज कृष्णबहादुर थापाले पार्टी कार्यकर्ताहरु संगठित भएर सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउनतर्पm लाग्न आग्रह गरे ।
निर्वाचन परिचालन कमिटिका संयोजक शिवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एमाले प्रदेश कमिटिका सहसचिव रश्मि आचार्य, बार्यवाहक जिल्ला अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला कमिटी सदस्य सुष्मा पौडेल लगायतले निर्वाचनमा संगठित भएर लाग्नुको विकल्प नभएको बताए । त्यसै गरी आजै पोखरा ८ सिजर्नाचोकस्थित कास्की निर्वाचन क्षेत्र नं. २ (ख) को निर्वाचन परिचालन कमिटिको कार्यालयको पनि उद्घाटन गरिएको छ । नेकपा एमाले कास्की जिल्ला इञ्चार्ज कृष्णबहादुर थापाले उक्त कार्यालयको उद्घाटन गरेका हुन् । परिचालन कमिटिका संयोजक दानवहादुर बाँनियाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन क्षेत्र नं.२ (ख) का उम्मेदवार मिना गुरुङ, समानुपातिक प्रदेश सभाका उम्मेदवार डा. छममाया पुन, कास्की जिल्ला सह इञ्चार्ज मिना गुरुङ लगायतले संघ र प्रदेश सरकारले गरेका गतिविधिलाई दस्तावेज गर्दै जनताका घरदैलोमा पुग्नु पर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस्