Pokharapatra National Daily

नवौं खेलकुदमा प्याराग्लाईडिङ अन्यौल

पोखरामा जारी नवौं खेलकुद प्रतियोगिताको क्रममा प्याराग्लाईडिङ उडानका क्रममा एक जना खेलाडी दुर्घटनामा परी मृत्यु भएको घटनालाई लिएर हाल जारी रहेको प्याराग्लाईडिङ प्रतियोगिता नै अन्यौल भएको छ ।
पोखरामा ३९ बर्ष पछि भएको नवौं खेलकुद प्रतियोगिता अन्र्तगत खेलकै क्रममा दुर्घटनामा परी खेलाडीको मृत्यु भएकै कारण सरकारले एकाएक प्याराग्लाईडिङ देशी भरी सहित प्रतियोगितालाई नै प्रभावित पार्नु राज्यको हचुवाको निर्णय भएको भन्दै यसको सर्वत्र बिरोध हुन थालेको छ ।
शनिबार प्याराग्लाईडिङको क्रस कन्ट्री तर्फको एक राउण्डको खेल सम्पन्न भएको अबस्थामा दोश्रो दिन आइतबार सुरुमै खेलकै क्रममा पोखराको सराङकोटमा प्याराग्लाईडिङ गर्ने क्रममा उडान भरेको केही सेकेण्डमै कोल्याप्स भई दुर्घटनामा परी मुत्यु भएका आर्मीका निशिम थापा मगरको मृत्यु भएको थियो । खेलको क्रममा दुर्घटनामा परी खेलाडीको मुत्यु हुने घटना प्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङले उक्त घटना प्रति राज्यले आफुहरुसंग एक पटक पनि छलफल र सहकार्य विना हचुुवाको भरमा प्याराग्लाईडिङ बन्द गर्ने निर्णय गरेको बताए । प्याराग्लाईडिङको सम्बन्धित संघ र प्राविधिक कमिटिले उक्त प्रतियोगिता संचालन गर्न माग गरेकोले आफुले आवश्यक तयारी गर्न निर्देशन दिएको उनले बताए । मत्रिपरिषदको निर्णय आफुहरुले मान्नु पर्ने भएकोले यस बिषयमा सरकारले आज वा भोलि नै सकरात्मक निर्णय दिने आफुहरु आशाबादी भएको सदस्य सचिव घिसिङले बताए । उक्त दुर्घटनामा परी खेलाडी गुमाउनु परेकोमा आफुहरु भने निकै दुखि भएको उनले बताए । सरकारले यस्तै निर्णय गर्दै जाने हो भने कुनै दीन हवाई दुर्घटना हुदा सबै हवाई उठान बन्द गर्दा के हुन्छ भनी उनले प्रति प्रश्न गरे । यस बिषयमा नेपाल प्याराग्लाईडिङ तथा ह्याङ ग्लाईडिङ संघका महासचिव एवं प्रतियोगिताका सहसंयोजक शैलेन्द्र राउतले डण्डीवियो समेत खेल्न नजान्ने जसरी राज्यले हचुवाको भरमा निर्णय गरेको आरोप लगाए । राज्यको उक्त निर्णय गर्दा सम्बन्धित खेल संघलाई र आयोजकलाई समेत बिना जानकारी देश भरी प्याराग्लाईडिङ बन्द गर्नुले समग्र नेपालको खेल क्षेत्रमै प्रश्न उठ्ने उनले जनाए । आफुहरुले बुधबार देखि टाक्स घटायर भए पनि प्रतियोगितालाई निरन्तरता दिन चाहेको राउतले बताए । यस बिषयमा हवाई खेलकुद संस्था नाका अध्यक्ष सुनिल भट्टराईले कुनै पनि बिषयको समस्याको समाधान बन्द गर्नु नभई त्यसका अन्य कारक तत्वहरु खोजि गर्नु भएको बताउदै राज्यको निर्णय प्रति छक्क परे । कोभिडबाट थलिएको पोखराको पर्यटन क्ष्ोत्रलाई नवौं खेलकुद र प्याराग्लाडिङ खेलले खेल पर्यटनको प्रबद्र्धन हुने ठुलो आशा लिएको अबस्थामा सरकारको यस्तो निर्णयले आफुहरु निकै निरास भएको अध्यक्ष भट्टराईले बताए । सरकारको हतारको निर्णयले पोखराको पर्यटन क्षेत्रमा ठुलो क्षति पुग्ने उनले दाबी गरे । उनका अनुसार प्याराग्लाईडिङले पोखरा क्षेत्रमा दैनिक करिब एक हजार जनालाई रोजगारी हुदा ३० लाखको कारोवार हुने गरेको छ ।
यस बिषयमा पर्यटन मन्त्री जीवनराम श्रेष्ठले केही बोल्न चाहेनन । फोनबाट कुरा गर्दा उनले डिजिलाई सोध्नु भनेर आफु पन्छिाए । नवौं खेलकुदका प्रविधिक संयोजक हिमालराज दाहालले खेलकै क्रममा संसारमा कहिले काँहि केही खेलाडीहरुको मृत्यु हुन सक्ने भएको भन्दै यस विषयमा सरकारले बन्द नै गर्नु उचित नभएको बताए । आफुहरुले उक्त प्रतिोगितालाई अघि बढाउन चाहेको उनले जनाए । प्याराग्लाईडिङमा नेपालले एसियन गेममा रजत पदक दिलाएको थियो ।

प्रतिकृया दिनुहोस्