Pokharapatra National Daily

कालिका बहुमुखीमा परियोजना लेखन सम्बन्धी गोष्ठी

पोखराको काजिपोखरी स्थित कालिका बहुमुखी क्याम्पसले शनिबार परियोजना लेखन सम्बन्धी कार्यशालाको आयोजना ग¥यो ।
व्यवस्थापन संकाय स्नातक तह चौथो वर्षमा अध्ययनर विद्यार्थीहरुका लागि लक्षित गरेर कार्यशालाको आयोजना गरिएको क्याम्पस प्रमुख विरन्जि गौतमले जानकारी दिए । परियोजना लेखन सम्बन्धी विद्यार्थीहरुलाई सहज होस् भन्ने उदेश्यले कार्यशालाको आयोजना गरिएको उनले उल्लेख गरे । ‘कार्याशालाले विद्यार्थीहरुलाई आफुमा रहेको सैैद्धान्तिक ज्ञानलाई कसरी व्यवहारमा उतार्ने र विभिन्न संघ संस्थाले यसलाई कसरी प्रयोग गर्दा रहेछन् भन्ने ज्ञान प्रदान गर्छ’ गौतमले भने । कार्यशालामा शिर्षक तथा संगठन छनोट सम्बन्धी अनुसन्धान समितिका सदस्य सुनिल कोइराला र रिपोर्ट फम्र्याट सम्बन्धी समितिका सदस्य बोधराज पौडेलले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । यसैगरी तथ्याङ्क संकलन र तथ्याङ्क विश्लेषण बारे समितिका संयोजक रेवतिरमण घिमिरे, विवियोग्राफी, रिफ्रेन्स, लिटरेचर रिभ्यु सम्बन्धी समितिका सदस्य सन्तोषमणी लामिछानेले प्रस्तुती प्रस्तुत गरेका थिए । क्याम्पस प्रमुख विरन्जि गौतमले कार्यशालाको उद्घाटन गरेका हुन् । अनुसन्धान समितिका संयोजक रेवतिरमण घिमिरेको संयोजकत्वमा भएको उक्त कार्यशालाको सञ्चालन प्राध्यापक सन्तोषमणि लामिछानेले गरेका हुन् ।
उक्त परियोजना लेखन त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको चौथो वर्षमा ५० पूर्णाङ्कको कार्यभार रहेको छ ।

प्रतिकृया दिनुहोस्