Pokharapatra National Daily

कुँवर समाजद्वारा मन्त्री थापा तथा जनप्रतिनिधि सम्मानित

पोखरा महानगरपालिका वडा नं ८ मा रहेको कुवर समाज समिति र भवानी आमा समुहले शनिबार प्रदेश मन्त्री तथा वडा प्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
माननीय कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा, पोखरा–८ का वडा अध्यक्ष रुद्र प्रसाद बराल र वडा सदस्य हिराकाजी श्रेष्ठलाई स्वागत तथा सम्मान गरेको हो ।
कुँवर समाज समितिका वरिष्ठ उपाध्यक्ष बसन्तबहादुर कुँवर र भवानी आमा समुहकी अध्यक्ष समिक्षा कुँवरले उहाँहरुलाई सम्मान पत्र, दोसल्ला र खादा लगाएर सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा सम्मानित ब्यक्तित्व कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले आफू यहीँ वडाको बासिन्दा भएको नाताले पनि यहाँका समस्या बारे जानकार भएको बताउँदै निरन्तर सम्पर्कमा रहन आग्रह गरेका थिए । उनले पोखरा महानगरको मुटुमा भएर पनि ओझेलमा परेकोले आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै समाजका अभियन्ताहरु जागरुक हुन अनुरोध गरेका थिए ।
वडा अध्यक्ष रुद्रप्रसाद बरालले यस वर्ष समाजको भवन मर्मतको लागि रकम छुट्टाएको बताउँदै केही रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सम्मान कार्यक्रमका संयोजक कृष्ण कुँवर, भवानी आमा समुहकी निवर्तमान अध्यक्ष सीता कुँवर, कुँवर समाज समितिका प्रथम उपाध्यक्ष राजेश कुँवरले समाजमा भौतिक निर्माण तथा स्वरोजगार मूलक तालिमहरु लगाएतका कार्यक्रममा सरकारी सहयोग प्राप्त हुन नसकेको गुनासो व्यक्त गरेका थिए ।
भवानी आमा समुहकी अध्यक्ष समिक्षा कुँवर तथा कुँवर समाज समितिका बरिष्ठ उपाध्यक्ष वसन्त बहादुर कुँवरको संयु्क्त अध्यक्षतामा भएको कार्यक्रमको संचालन भवानी आमा समुहकी सचिव लक्ष्मी कुँवरले र स्वागत सपना सापकोटा कुँवरले गरेकी थिइन ।

प्रतिकृया दिनुहोस्