Pokharapatra National Daily

संरचना निर्माण गर्दा मापदण्ड पालना गर्न मन्त्री बरालको सुझाव

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पुम्दीकोटमा हाल निमार्ण हुदै गरेका होटल तथा रेष्टुरेण्टहरुलाई मापदण्ड पालना गर्न सुझाव दिनु भएको छ । पोखरा २२ को पुुम्दीकोट बिशाल महादेवको मुर्ति परिसरमा मंगलबार पुम्दीकोट युवा क्लबले आयोजना गरेको तिज बिषेश कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।
पुम्दीकोट क्षेत्रमा हाल भटाभट होटल तथा रेष्टुरेण्डहरु खोल्दा त्यसको आवश्यक मापदण्ड पालना गर्न मन्त्री बरालको आग्रह छ । उहाँले भन्नुभयो“ पहिला बनेका भौतिक संरचनाको बारेमा पछि छलफल गरौंला तर अब बन्ने भौतिक संरचनाको बिषयमा सबै गम्भिर हुनेकी नहुने अन्यथा काठमाण्डौंमा मेयर बालेन शाहले भत्काएसरी पोखरामा पनि मापदण्ड विपरितका भौतिक संरचना भत्काउने दिन आउन सक्छ ।” पुम्दीकोट क्षेत्रमा वातावरण सरसफाई देखि आगन्तुक पाहुनाको स्वागत सत्कार देखि समाजमा देखिने बिकृति बिरुद्ध वडा संगको सहकार्यमा क्लबहरुले अगुवाई गर्न मन्त्री बरालको सुझाव थियो । सामाजिक भावना हराउदै गएका बेला सामाजिक भावनाले ओत्प्रोत हुने गरी काम गर्न क्लबहरुलाई उहाँको आग्रह थियो । नेपालीपन झल्कने गरी तिज पर्वलाई मनाउनुपर्ने बताउदै मन्त्रीले अन्यथा तिज पर्व पश्चिमा संस्कृतिको विकृति बढ्ने बताउनु भयो। तिज पर्व महिलाहरुको अभिव्यक्ति स्वतन्त्रता र कृषि पर्वको रुपमा समेत रहेको उहाँको भनाई थियो । क्लवका अध्यक्ष सुमन बरालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल, निवर्तमान वडा अध्यक्ष मित्रलाल बराल, पूर्व अध्यक्ष राजु बराल, सल्लाहकार नरहरी बराल, महिला नेतृ कमला बराल, सृजनशिल युवा क्लवका अध्यक्ष राजु बराल, निवर्तमान उपाध्यक्ष सविन बराल, सचिब पवन बिक लगायतले बोलेका बोल्नु भएको थियो ।
नेपाली महिलाहरुको महान चार्ड हरितालिका तिजको अवसरमा आयोजित शुभकामना आदन प्रदान तथा मनोरन्जनात्मक कार्यक्रममा बिष्णु बराल, प्रकाश बराल, नवराज बराल लगायतका कलाकारले प्रस्तुती राख्नु भएको थियो । उक्त कार्यक्रममा छेलो हान्ने प्रतियोगिता,घैटो फुटाउने प्रतियोगिताको साथमा बिषेश सांङगीतिक प्रस्तुतीहरु समेत रहेको क्लवले जनाएको छ ।

प्रतिकृया दिनुहोस्