Pokharapatra National Daily

पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिबालय उद्घाटन

पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालय उद्घाटन गरिएको छ ।
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा रिवन काटेर आइतबार सचिवालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री गहतराजले नवौं खेलकुदको सम्पूर्ण तयारी सहित कार्तिक पहिलो हप्तासम्म उक्त सचिबालय संचालन हुने बताए । कर्मचारी र खेलकुदकर्मीले आवश्यक समन्वय गरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल पार्न एक जुट हुन मन्त्री गहतराजले निर्देशन समेत दिए । उक्त प्रतियोगिता जहाँ खेल हुन्छ त्यहीको निकायलाई समेत अपनत्व बहन गराउन पनि तीन तहका जिम्मेवारी व्यक्तिबाट उक्त सचिबालय उद्घाटन गरिएको मन्त्री गहतराजको भनाई थियो ।
३९ बर्ष पछि गण्डकी प्रदेशमा आउदो असोज २८ देखि कार्तिक ३ गतेसम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्न प्रदेश सरकार तयार रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बताउनु भयो । खेलाडी एवं प्रशिक्षकहरुलाई उच्च मनोवलका साथ आफ्नो तयारीमा लाग्न उहाँको आग्रह थियो । पोखराका मेयर धनराज आचार्यले ढिलै भए पनि स्थानिय तहलाई संघिय सरकारले सहकार्य गरेकोले आफ्नो क्षेत्रमा हुने उक्त इभेन्टलाई सफल पार्न आफुहरु कटिवद्ध भएको बताउनु भयो ।
प्रदेशको राजधानि पोखरा केन्द्रित हुने उक्त प्रतियोगिताका विभिन्न खेल मैदानको हकमा करिब तयारी अबस्थामा रहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बताए ।

प्रतिकृया दिनुहोस्