Pokharapatra National Daily

रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई सर्वसम्मत निर्वाचित

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराको २८ औं साधारण सभा तथा १५ औ अधिवेशनबाट नरेश भट्टराई अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्धितिय उपाध्यक्ष बसन्त गौतम, महासचिवमा विकास भट्टराइ, कोषाध्यक्ष रोशनजंग कार्की, सचिव भिष्मराज पौडेल, सहकोषाध्यक्ष वैभव पौडेल चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा लोक बहादुर गुरुङ, योगेश भट्टराई, विष्णु बाँनिया,विरेन्द्र शेरचन र लोकप्रसाद ढकाल चयन हुनुभएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पर्यटन पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नुपर्छ भन्ने आवाज उठेको बेला आएको पर्यटन ऐन पर्यटन मैत्री हुन नसकेको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रको उत्थान गर्ने हुनुपर्ने त्यसो हुन नसकेको जनाउँदै व्यवसायीको भावना र समग्र पर्यटनको उत्थान हुने गरी ल्याउनु पर्ने उहाँको भनाइ थियो । अहिले आएको पर्यटन विधेयककालाई पर्यटन मैत्री विधेयक बनाउन संशोधनको आवश्यता रहेको र त्यसको लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भटराइले पोखराको पर्यटन विकासका लागि पर्यटन मैत्री नीति खाँचो औल्याउनु भयो । उहाँले अन्तराष्टिय विमान स्थल शिघ्र संचालनका लागि आवश्यक पूूर्वाधार निर्माण गर्नुपर्ने र हाल सञ्चालनमा रहेको एयरपोर्टलाइ अन्तराष्ट्रिय सेमिनारहल निर्माण गर्न सुझाव दिनुभयो ।
उहाँले प्रदेश सरकारले ल्याएको पर्यटन ऐन व्यवसायीको भावना विपरीत र वैज्ञानिक नभएको भन्दै यसलाई संशोधन गरेर ल्याउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रम उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष, संजिवबहादुर कोइराला, रेवान केन्द्रका उपाध्यक्ष संघर्ष विष्ट, पोखरा महानगरपालिका वडा न ६ वडा अध्यक्ष विष्णुबहादुर भट्टराइ लगायतले पोखरा पर्यटकीय शहरका रुपमा स्थापित गर्न आवश्यक सुझाव दिनुभएको थियो ।
कार्यक्रमको बन्द सत्रमा अध्यक्ष लक्ष्मण बरालले अध्यक्षको प्रतिवेदन र महासचिव विकास भट्टराईले महासचिवको प्रतिवेदन पेश गर्नुभएको थियो । रेवान पोखराकाले पर्यटन प्रवद्र्धनका लागि सडक महोत्सव, मिनि सडक महोत्सव, होलि विशेष कार्यक्रम लगायतका कार्यक्रमहरु गदैैैै आइरहेको छ । सो अवसरमा पत्रकार सुमन ढुंगानालाई पत्रकारीताबाट पर्यटन विकासमा योगदान पुर्याएको भन्दै नगद सहित सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्