Pokharapatra National Daily

जनप्रिय बहुमुखी क्याम्पस स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन मन्त्री बरालको सुझाव

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले पोखराको जनप्रिय बहुमुखी क्याम्पस स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन सुझाव दिनु भएको छ ।
नवनियुक्त क्याम्पस प्रमुख लोकराज भण्डारीलाई विहिबार एक समारोहका बिच पदस्थापन गराउदै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।
विभिन्न क्याम्पसहरु मध्य सामुदायिक क्याम्पस जनप्रियलाई जनताको सर्वसुलभ गुणस्तरिय शिक्षाको केन्द्रको रुपमा नमुना क्याम्पस बनाउन सबै लाग्नुपर्ने मन्त्री बरालले बताउनु भयो । मावि तहको शिक्षाको स्वामित्व पनि प्रदेश सरकारलाई दिनुपर्ने उहाँको भनाई थियो । क्याम्पसको भौतिक पूर्वाधार निर्माण एवं गुणस्तरिय शिक्षामा सुधारको लागि पहल गर्ने मन्त्री बरालले बताउनु भयो ।
क्याम्पस प्रमुख भण्डारीले क्याम्पसको शैक्षिक गुणस्तरियताको लागि सबैसंग समन्वय गरी अघि बढ्ने बताउनु भयो । अब नयाँ ढंगले अघि बढ्ने बताउदै क्याम्पस प्रमुख भण्डारीले विभिन्न योजना कार्यान्वयन गर्ने क्रममा भोकोपेट नहुने गरी व्यबस्थापन गर्ने दाबी गर्नु भयो ।
क्याम्पस प्रमुख तारा गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रा.डा.देवेन्द्र लामिछाने, सहायक क्याम्पस प्रमुख भेषराज उपाध्याय, क्याम्पसका सल्लाहकार हरि नारायण गिरी (विज्ञान), नेपाली विभाग प्रमुख गोपाल प्रसाद बराल लगायतले वोल्नु भएको थियो । उक्त क्याम्पसमा ५ हजार ५ सय बिद्यार्थी, १ सय २० जना शिक्षक रहेको एकनारायण अर्यालले जनाए ।

प्रतिकृया दिनुहोस्