Pokharapatra National Daily

४ अर्ब बराबरको खाद्य पदार्थको आयात रोक्न कृषि क्रान्ति आवश्यकः मन्त्री बराल

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले ४ अर्ब बराबरको खाद्य पदार्थको आयात रोक्न कृषि क्रान्ति आवश्यक भएको बताउनु भएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) मुल इकाई समिति प्राकृतिक श्रोत व्यबस्थापन कलेजको आइतबार पोखरा १९ स्थित पुरुञ्चौरमा आयोजित बिदाई कार्यक्रममा वोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।
पछिल्लो समयमा युवाहरुमा कृषि प्रतिको आकषर्ण घट्दो रुपमा रहेको मन्त्री बरालको भनाई थियो । उपभोग्ताबादी सोचलाई अब युवा बर्ग तथा क्रान्तिकारीहरुले मात्र परिवर्तन गर्न सक्ने मन्त्री बरालले बताउनु भयो । कृषि प्रधान हाम्रो देशमा यही उपादन हुने खाद्य पदार्थ नै ठुलो मात्रमा बिदेशबाट आयात गर्नु नेपालीहरुको लागि ठुलो बिडम्बना भएको मन्त्री बरालको भनाई थियो । आत्मनिर्भर अर्थतन्त्रले समाजबाद अर्थतन्त्रको आधारसिला खडा गर्ने उहाँको बुझाई थियो ।
यस चालु आर्थिक बर्षका लागि बजेट निर्माण गर्दा संघ, प्रदेशले समेत कृषिलाई पहिलो प्रथामिकता दिएको मन्त्री बरालले बताउनु भयो । केही नयाँ कुरा गर्न खोज्दा आक्रमण हुने गरेको उल्लेख गर्दै मन्त्री बरालले क्रान्तिकारीले त्यसको डटेर प्रतिवाद गर्ने जनाए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) मुल इकाई समिति प्राकृतिक श्रोत व्यबस्थापन कलेज, पुरुञ्चौरका अध्यक्ष संसार टण्डनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष द्धय केशवरावल र मदन भट्टराई, कृषि क्याम्पस पुरुञ्चौरका प्रमुख चन्द्रेश्वर प्रसाद श्रीवास्तव, समितिका सदस्य संजित कुमार यादव, बिद्यार्थी महेश आचार्य, ममता पौडेल लगायतले वोलेका थिए । सार्थ कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेका थिए । यस बर्ष कृषि बिषयमा उक्त क्याम्पसबाट ५० जनाले स्नातक तह उत्र्रिण गरेका छन् ।

प्रतिकृया दिनुहोस्