Pokharapatra National Daily

भ्रष्टाचार रोक्न भाषण होइन काम गर

नेपाली जनताले भ्रष्टाचार बढेको अनुभुति गरेका छन । सार्वजनिक सेवामा हुने ढिलासुस्ती, भनसुन र घुस दिनुपर्ने अवस्थामा सुधार आउन सकेको छैन । अझ निति निर्माण तहमा हुने भ्रष्टाचार र राजनीतिक संरक्षणका कारण नेपालको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा विग्रदै गएको छ।भ्रष्टाचार नियन्त्रणका लागि संबैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता भ्रष्टाचार नियन्त्रण गर्ने निकायको सक्रियता देखिएको छैन । अदालतबाट केही विवादास्पद फैसला र सरकारी निकायका अनुत्तरदायि ब्यवहारले पनि भ्रष्टाचारलाई बढाएका छन । जनताले पनि राज्यबाट पाउने सुविधा घरदैलोबाटै पाउन थाले पनि कोभिड–१९ ले गर्दा जनताले पाउने सुविधा संकुचित भएको छ । भ्रष्टाचार सुचकांकमा गत वर्ष केही सुधार आएको थियो ।यश वर्षको भ्रष्टाचार अबधारणा सुचकांक सिपिआई आउन बाँकी छ । कोभिड–१९ अघि सुधारका केही काम भएका हुन । अख्तियारले पनि केही सकृयता देखाएको हुँदा भ्रष्टाचारमा मुद्दा दायर भएका हुन । भ्रष्टाचारीलाई कार्वाही गर्न थालेपछि जनतामा अख्तियारप्रति विश्वास जागेको थियो । यसकै परिणामस्वरूप नेपालको भ्रष्टाचार अवधारणा सूचकांकमा केही सुधार देखिएको हो ।
सरकार र राजनीतिक दलले सुझावलाई ग्रहण गरेको भए कोभिड–१९ का कारण गरिएको लकडाउन, स्वास्थ्य सामाग्री खरिद गर्दा भएको अनियमितताको आरोप खेप्नुपर्ने थिएन । राहत वितरणमा पक्षपात, क्वारेन्टाइन निर्माण र उपचारमा लापरबाही र निजी अस्पतालले गरेका पैसामुखि ब्यवहारका कारण नियामक निकायले भ्रष्टाचारलाई बढाउन सघाउने काम गरे। शक्ति पृथकीकरणको प्रवद्र्धन, पक्षपातरहित बजेट र सेवामा सरोकारवालाको पहुँचलाई जोड दिइएको छ । त्यस्तै, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरण, स्वार्थको द्वन्द्वको सम्बोधन, निर्णय प्रक्रियामा सरोकारवालाको अर्थपूर्ण पहुँचका लागि सुझाब दिएको छ । संयुक्त राष्ट्रसंघको भ्रष्टाचार विरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुल्ला गरिएको थियो । त्यसैबेलादेखि डिसेम्बर ९ लाई भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइने गरिएको छ । यस दिवसमा विश्वभर सरकारी र नागरिक संघ–संस्थाहरूको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनसँग सम्बन्धित विभिन्न कार्यहरू गरिँदै आएको छ । यस वर्ष भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा संयुक्त राष्ट्रसंघद्वारा आफ्ना सदस्य राष्ट्रहरूलाई महासन्धि अनुमोदन गर्न, महासन्धिका प्रावधानहरू बमोजिम राष्ट्रका ऐन–कानूनहरू अध्यावधिक गर्न र भ्रष्टाचार विरुद्धको कारवाहीमा अन्तर्राष्ट्रिय समन्वय बढाउन अपिल गरिएको छ । हाल सम्पूर्ण विश्व नै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आतंकित भइरहेको सन्र्दभमा यो महामारी यथाशिघ्र नियन्त्रण गर्न अपइनाइने विधि र प्रक्रियामा भ्रष्टाचारको सम्भावना न्यून गर्दै सदाचारका प्रयास बढाउन जरुरी भएको छ । कोभिड–१९ नियन्त्रण कार्य थप सशक्त र समन्वयात्मक बनाउन, महामारीसम्बन्धी सामग्रीको खरिदमा पूर्ण पारदर्शिता अपनाउन, हुने र भैरहेको कार्यमा पर्याप्त अनुगमन र सुपरीवेक्षण गर्न, सरकारी सूचना एवं विवरणमा नागरिकको सहज पहुँच बढाउन तथा नागरिक अभियन्ता र पत्रकारको सुरक्षा गर्न पनि सरकारलाई अपिल गरिएको छ ।
संयुक्त राष्ट्र संघीय महासन्धिका प्रावधान बमोजिम नेपाली ऐन–कानूनमा आवश्यक सुधार र थप नयाँ कानूनको निर्माणतर्फ यथाशिघ्र आवश्यक कदम चाल्न तथा कोभिड–१९ सम्बन्धी सरकारी कार्यहरू थप पारदर्शी एवं प्रभावकारी र चुस्त बनाउँदै भ्रष्टाचारको सम्भावना न्यून गर्न सरकार चनाखो हुनैपर्छ । हालै सार्वजनिक भएको ग्लोबल करप्सन बेरोमिटर एसिया २०२०ले नेपालमा भ्रष्टाचार बढ्दो क्रममा रहेको र सरकारी भ्रष्टाचार नै प्रमुख समस्या रहेको भन्नेजस्ता तथ्यांक उल्लेख गरेको छ । यस परिप्रेक्ष्यमा यस दिवसका अवसरमा भ्रष्टाचार विरुद्ध नागरिक सचेतना बढाउन, भ्रष्टाचार भनेको नियमित प्रक्रिया होइन भन्ने अवधारणा व्यक्ति र समाजमा अभिवृद्धि गर्न र जनचाहना बमोजिम सुशासन कायम गर्न नेपाल सरकार थप क्रियाशील हुनुपर्छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...