Pokharapatra National Daily

एमालेको संगठन शुद्धीकरण योजना

नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थानीय निर्वाचनको परिणाम पछि निर्वाचनको संक्षिप्त समिक्षा गर्दै संगठन सुदृढीकरणका लागि प्रशिक्षण अभियान संचालन गरेको छ । एमालेका सांगठनिक संरचना पहिलेको जस्तो चुस्त र चलायमान हुन छाडेका छन । भद्दा कमिटी बनाएका कारण कमिटी कामकाजी बन्न सकेका छैनन् । जति ठूलो संख्यामा कमिटी बनाए पनि सबै निर्णय र कामको बोझ नेतृत्व र पदाधिकारीले लिने गरेका छन । कमिटीको बैठक पनि सम्मेलन जस्तै हुने गरेका छन । नेतृत्वले कमिटीका सदस्य नचिन्ने र सदस्यले नेतृत्वसँग परिचय गर्न पनि नपाउने अवस्था छ।जति धेरै कार्यकर्ता त्यतिधेरै काम विहिनको अवस्था आउनु विडम्बना हो ।
कमिटीका पदाधिकारी र सदस्यलाई परिचालन गर्न नसकेपछि कमिटीको औचित्य देखिदैन । नेपाली उखान आफू भने सुब्बीनी के खाएर उभिनी भने जस्तै पार्टी ठुलो कार्यकर्ता कसरी चलेको र बँचेको छ भनेर थाहा नहुने अवस्थाका कारण पार्टीमा घात अन्तरघातका समस्या झाँगिएको छ । पार्टीमा देखिएका समस्या र कमिटी तथा सदस्यलाई कृयाशील गराउन सात वटै प्रदेशमा संगठन सुदृढीकरण र परिचालन अभियान संचालन भइरहेको छ । पार्टीका उपाध्यक्षको अगुवाइमा भएको अभियान जिल्ला तहसम्म भएको छ । साउन १६ गतेदेखि २५ गतेसम्म पालिका र त्यसपछि वडासम्म संचालन गर्ने भएको छ । आउँदो संघ र प्रदेश संसद सदस्यको निर्वाचन लक्षित गरेर अभियान चलाउन खोजिएको हो ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले सांगठानिक सुदृढीकरण र कार्यकर्तालाई वैचारिक रूपमा प्रशिक्षित गर्न प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ । गण्डकी प्रदेश कमिटीको ११ औं पूर्ण बैठकले केन्द्रीय कमिटीको अन्तरपार्टी निर्देशन (अपानी) अनुसार साउन महिनामा भेला तथा प्रशिक्षण आयोजना गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ।महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको बैठकमा निर्वाचनमा कमी कमजोरी भएको स्वीकार गर्दै सुधार गरेर जानुपर्नेमा जोड दिएको छ ।
स्थानीय तहको निर्वाचनमा पार्टीले पाएको मत संरक्षण र पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ गर्नुपर्ने खाँचो सबैले महशुस ‘गरेका छन।स्थानीय तहको निर्वाचन २०७ मा पार्टीले विजय हासिल गरेको अनपेक्षित हो । चुनावी समिक्षा सहित बैठकले गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला, भएको छ । जिल्लाको प्रशिक्षण सकिने चरणमा छ । अब जनवर्गीय संगठनका भेला, जनप्रतिनिधिहरूको प्रशिक्षण बाँकी रहेको छ ।
पार्टीले साउन १२ गते मुस्ताङ, म्याग्दी र बागलुङ र साउनको १३ गते कास्की, पर्वत र तनतनहुँको प्रशिक्षण भेला गर्ने जानकारी दिदै सचिव दवाडीले साउन १४ गते स्याङ्जा, गोरखा र लमजुङमा प्रशिक्षण भएका छन । जिल्लाले साउनको १६ देखि २५ पालिका स्तरीय प्रशिक्षण गरी सक्न बैठकले निर्देशन दिने निर्णय गरेको छ । बैठकले स्थानीय तहको निर्वाचन २०७९को समीक्षासहित भावी योजना पनि तय गरेको छ । ती योजना कार्यान्वयन हुन सके पहिलेको भन्दा राम्रो अवस्थामा दलहरू पर्नेछन् ।

प्रतिकृया दिनुहोस्

नयाँ वर्ष उत्साह र आशाको वर्ष बन्न सकोस्

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८३ शुरु भएको छ...

रामनवमीको शुभकामना !

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...