Pokharapatra National Daily

एमालेको संगठन शुद्धीकरण योजना

नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थानीय निर्वाचनको परिणाम पछि निर्वाचनको संक्षिप्त समिक्षा गर्दै संगठन सुदृढीकरणका लागि प्रशिक्षण अभियान संचालन गरेको छ । एमालेका सांगठनिक संरचना पहिलेको जस्तो चुस्त र चलायमान हुन छाडेका छन । भद्दा कमिटी बनाएका कारण कमिटी कामकाजी बन्न सकेका छैनन् । जति ठूलो संख्यामा कमिटी बनाए पनि सबै निर्णय र कामको बोझ नेतृत्व र पदाधिकारीले लिने गरेका छन । कमिटीको बैठक पनि सम्मेलन जस्तै हुने गरेका छन । नेतृत्वले कमिटीका सदस्य नचिन्ने र सदस्यले नेतृत्वसँग परिचय गर्न पनि नपाउने अवस्था छ।जति धेरै कार्यकर्ता त्यतिधेरै काम विहिनको अवस्था आउनु विडम्बना हो ।
कमिटीका पदाधिकारी र सदस्यलाई परिचालन गर्न नसकेपछि कमिटीको औचित्य देखिदैन । नेपाली उखान आफू भने सुब्बीनी के खाएर उभिनी भने जस्तै पार्टी ठुलो कार्यकर्ता कसरी चलेको र बँचेको छ भनेर थाहा नहुने अवस्थाका कारण पार्टीमा घात अन्तरघातका समस्या झाँगिएको छ । पार्टीमा देखिएका समस्या र कमिटी तथा सदस्यलाई कृयाशील गराउन सात वटै प्रदेशमा संगठन सुदृढीकरण र परिचालन अभियान संचालन भइरहेको छ । पार्टीका उपाध्यक्षको अगुवाइमा भएको अभियान जिल्ला तहसम्म भएको छ । साउन १६ गतेदेखि २५ गतेसम्म पालिका र त्यसपछि वडासम्म संचालन गर्ने भएको छ । आउँदो संघ र प्रदेश संसद सदस्यको निर्वाचन लक्षित गरेर अभियान चलाउन खोजिएको हो ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले सांगठानिक सुदृढीकरण र कार्यकर्तालाई वैचारिक रूपमा प्रशिक्षित गर्न प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ । गण्डकी प्रदेश कमिटीको ११ औं पूर्ण बैठकले केन्द्रीय कमिटीको अन्तरपार्टी निर्देशन (अपानी) अनुसार साउन महिनामा भेला तथा प्रशिक्षण आयोजना गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ।महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको बैठकमा निर्वाचनमा कमी कमजोरी भएको स्वीकार गर्दै सुधार गरेर जानुपर्नेमा जोड दिएको छ ।
स्थानीय तहको निर्वाचनमा पार्टीले पाएको मत संरक्षण र पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ गर्नुपर्ने खाँचो सबैले महशुस ‘गरेका छन।स्थानीय तहको निर्वाचन २०७ मा पार्टीले विजय हासिल गरेको अनपेक्षित हो । चुनावी समिक्षा सहित बैठकले गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला, भएको छ । जिल्लाको प्रशिक्षण सकिने चरणमा छ । अब जनवर्गीय संगठनका भेला, जनप्रतिनिधिहरूको प्रशिक्षण बाँकी रहेको छ ।
पार्टीले साउन १२ गते मुस्ताङ, म्याग्दी र बागलुङ र साउनको १३ गते कास्की, पर्वत र तनतनहुँको प्रशिक्षण भेला गर्ने जानकारी दिदै सचिव दवाडीले साउन १४ गते स्याङ्जा, गोरखा र लमजुङमा प्रशिक्षण भएका छन । जिल्लाले साउनको १६ देखि २५ पालिका स्तरीय प्रशिक्षण गरी सक्न बैठकले निर्देशन दिने निर्णय गरेको छ । बैठकले स्थानीय तहको निर्वाचन २०७९को समीक्षासहित भावी योजना पनि तय गरेको छ । ती योजना कार्यान्वयन हुन सके पहिलेको भन्दा राम्रो अवस्थामा दलहरू पर्नेछन् ।

प्रतिकृया दिनुहोस्

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...

नयाँ वर्षले सकारात्मक सोच ल्याउन सकोस

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८२ शुरु भएको छ...

दुई दशकमा फेवा नववर्ष महोत्सव

पोखराको लेकसाइडमा फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । २० औं संस्करणको फेवा नव वर्ष महोत्सव होटल संघ पोखरा नेपालले आयोजना गरेको छ...

रामनवमीको शुभकामना !

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

प्रेसलाई आङ्कित नबनाऊ

नागरिक संस्था मध्येको जेठो संस्था नेपाल पत्रकार महासंघ सत्तरी वर्षमा प्रवेश गरेको छ । बीस २०१२ साल चैत १६ गते स्थापना दिवस र संस्थापक सभापति...