Pokharapatra National Daily

महानगरपालिकाको लागि छुट्टै ऐन आवश्यक

भूगोल र जनङख्याको आधारमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ संघिय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरिएको छ ।
यही साउन १३ र १४ गते पोखरामा पहिलो पटक सम्पन्न भएको मेयर सम्मेलनमा सहभागि ६ वटा महानगरका मेयरहरुको सम्मेलनले ७ बुंदे संयुक्त घोषणा पत्र समेत सार्वजनिक गर्दै आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा स्थानीय सरकार सञ्चालन ऐन संसोधन गर्न आवश्यक भएको सम्मेलनले निषकर्ष निकालेको हो ।
संघ र प्रदेश सरकारहरुसँगको समन्वय, सहयोग र सहकार्यलाई अझ घनीभूत गर्दै महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहलाई थप सहज बन्ने मम्मेलनले विश्वास लिएको पोखराका मेयर धनराज आचार्यले जनाए । संघिय सरकार र प्रदेश सरकारबाट समेत टुक्रे योजना पर्ने कति पय योजनाहरु दोहोरीने र स्थानिय तहलाई विना जानकारी योजनाहरु छनौट हँुदा प्रभावकारी ढंगले कार्यक्रम कार्यान्वयन नभएको पोखराका मेयर आचार्यले दाबी गरे । समय अनुसार फोहोर मैला डम्पिङ गर्नु भन्दा पनि फोहोरलाई अब कसरी पुनः प्रयोग गर्न सकिन्छ के कस्तो प्रविधि अपनाउन सकिन्छ त्यस तर्फ आफुहरु गम्भिर भएको पोखराका मेयर आचार्यले बताए । उक्त सम्मेलनको अध्यक्षता ग्रहण समेत गरेका मेयर आचार्यले संसार भरीका शहरहरुमा फोहोर मैला कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने चुनौती भएका वेला नेपालका ६ महानगरमा पनि यसको प्रमुख समस्या रहेको उल्लेख गरे । उनले भने “करिब २५ बर्ष अघि पोखरामा डम्पिङ साइड तत्कालिन अबस्थामा ठिकै हो, फोहोरको उचित प्रयोगले बिद्युत, मल, ग्याँस लगायतका बस्तु उत्पादन के गर्न सकिन्छ अब हामीले त्यस तर्फ ध्यान दिने छौं ।” महानगरको भूगोल र साइज अनुसार फोहोर मैला प्रशोधन देखि व्याबस्थापन गर्नु साझा मुद्धा भएको मेयर आचार्यले जनाए ।
महानगरपालिहरुका विशिष्ट प्राकृतिक, सास्कृतिक, एवं सामाजिक मौलिक चरित्र एवं समस्इा र सम्भावनाहरुलाई सम्मा र संवोधन गर्दै महानगरहरु बीच पारम्परिक सम्पर्क संजाल प्रबद्र्धन गरी आपसी सहयोग र सहकार्यलाई महानगर मञ्च नेपाल माध्यमद्धारा संस्थागत गर्न प्रण गर्ने घोषणा पत्रमा उल्लेख छ । त्यसै गरी महानगरले मञ्च नेपालद्धारा प्रत्येक बर्ष पालैपालो महानगर सम्मेलन गर्ने आयोजक संस्थाले नै सचिवालय समेत आवश्यक प्रबन्ध गर्ने, महानगरका छिमेकी उपमहानगर, नगरपालिका, गाउँपालिकाहरसंग समेत हरित तथा समावेशी पूर्वाधार सुशासन तथा विकास, विक्तिय लगानी, अयोजना तर्जुमा र कार्यान्वयन एवं सेवा प्रवाह क्षेत्रमा सहकार्य गर्ने सम्मेलनमा सहभागि मेयरहरुले जनाएका छन् । संयुक्त घोषणा पत्रमा पोखराका मेयर धनराज आचार्य, काठमाडौंका मेयर बालेन्द्र शाह, ललितपुरका मेयर चिरीबाबु महर्जन, चितवनका मेयर रेणु दाहाल, वीरगञ्जका मेयर राजेशमान सिंह र विराटनगरका मेयर नागेश कोइरालाले हस्ताक्षर गरेका छन् । आगामी बर्ष भरतपुर महानगरमा मेयर सम्मेलन हुने भएको छ । उक्त २ दिनसम्म सराङकोटमा संचालन भएको सम्मेलनमा ६ महानगरका मेयर, उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, विज्ञ सहितको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्