Pokharapatra National Daily

पोखरा रिसर्च र प्रदेश सभाका सदस्य विच अन्तरक्रिया

पोखरा रिसर्च सेन्टरको आयोजनामा पुर्वा ब्यबसयिक संसदीय सहयोग कार्यक्रमका फेलोहरु र गण्डकी प्रदेश सभाका सदस्यहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा उपस्थित गण्डकी प्रदेश सभाका सदस्यहरु लगायतका सबै सहभागीहरुलाई स्वागत गर्दै पोखरा रिसर्च सेन्टर कि मोनिका रानाभाटले प्रदेश सभाको सुद्रिढिकरणमा सहयोग गर्नु नै कार्यक्रमको मुख्य उदेश्य रहेको बताइन । कार्यक्रममा पुर्वा ब्यबसयिक संसदीय सहयोग कार्यक्रमका फेलोहरुले तयार पारेको प्रदेश सभाका सदस्यहरुको प्रोफाइलको प्रस्तुतिकरण गरिएको थियो । फेलोहरुले प्रदेशसभा सदस्यहरुले प्रदेशसभामा प्रस्तुत गरेका र उठाएका विषय वस्तुबारे सुष्म अनुसन्धान गर्दै तयार गरेका थिए ।
प्रस्तुतिकरण पश्चात को खुला छलफलमा गण्डकी प्रदेश सभाको विधायन समितिका सभापति विष्णुप्रसाद लामिछाने, अर्थ तथाविकास समितिका सभापतिदीपक कोइराला, विधायन समिति सदस्यहरु धनञ्जय दवाडी, धनमाया पोखरेल लामा, राजीव पहारी, पियारी थापा र अर्थ तथा विकास समितिका सदस्य ईन्द्रलाल सापकोटाले सहभागीहरुले राखेका प्रश्नहरुको उत्तर दिदै आफ्ना बिचारहरु राखेका थए । पोखरा रिसर्च सेन्टरले नीति निमार्णमा युवाहरुको सहभागिता गराउने उद्देश्य राखी पोखरा रिसर्च सेन्टरले गण्डकी प्रदेशका ११ जिल्लाहरुबाट २० देखि ३० बर्ष उमेर समूहका ५० जनायुवाहरुलाई छनोट गरिएको थियो । प्रदेशमै पहिलो पटक २०२० मापुर्व ब्यबसायिक संसदीय सहयोग फेलोशिप कार्यक्रम आयोजना गरी हाल २०२१, २२ मा गण्डकी प्रदेशमा दोस्रो कोहर्ट र कर्णाली प्रदेशमा पहिलो कोहर्टको आयोजना गरीरहेको हो । यस कार्यक्रम गण्डकी प्रदेशका युवालाई नीति निमार्ताहरु सँग रहि कानुन निर्माण तथा सार्वजनिक नीतिमा ज्ञान हासिल गर्नका लागि आयोजना गरिएको नौलो किसिमको कार्यक्रम भएको पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले बताएका थिए ।

प्रतिकृया दिनुहोस्