Pokharapatra National Daily

मादीमा नेलम्बोद्वारा सहयोग

पोखरा–४, गैंह्रापाटन स्थित नेलम्बो नेपालले शुक्रवार एक कार्यक्रमका बीच मादी गाउँपालिका स्थित सम्पूर्ण विद्यालय र गाउँपालिका कार्यालयलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ ।
संस्थाले त्यहाँ स्थित कुल ५० विद्यालय र गाउँपालिकालाई गरी एकमुष्ठ तिन लाख ३९ हजार ६ सय २७ वरावरका सामग्री प्रदान गरेको हो।त्यस अवसरमा ज्वरो नाप्ने थर्मल गन, विभिन्न प्रकारका माक्स, फेस सिल्ड, सेनिटाइजर, सावुन लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा भनाई राख्दै गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ श्यामले नेलम्बो नेपालले कोरोना भाइरस संक्रमणको विषम परिस्थतीमा महत्वपूर्ण सहयोग गरेको जनाउँदै आभार प्रकट गरे।अध्यक्ष गुरुङले नेलम्बाले गर्दै आएका शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रका गतिविधिमा गाउँपालिका सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । हस्तान्तरीत सामग्रीको सदुपयोग हुने विश्वास समेत उनले दिलाए ।
नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले संस्थाले सामाजिक कार्यहरुलाई निरन्तरता दिर्दै आएको चर्चा गर्दै त्यसको मूल्याङकन जनताले गर्ने औँल्याए । नेपाली संस्कारको महत्व माथि प्रकाश पादै अध्यक्ष देवकोटाले कोरोना भाइरसको संक्रमणकालीन अवस्थामा त्यस्तो संस्कारको महत्व जीवन्त बनेको औल्याए । समाज कल्याण परिषद् मार्फत कास्कीका ४ वटै गाउँपालिका र पोखरा महानगरपालिकाका ३ वडामा संस्थाका क्रियाकलाप गर्न पाउने गरी स्वीकृतिको तयारी अन्तिम चरणमा पुगेको पनि उनले जनाए ।
सो अवसरमा संस्थाका जनसम्पर्क सुपरीवेक्षक भीमप्रसाद भण्डारीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सामग्रीको विवरण प्रस्तुत गरेका थिए । त्यस्तै स्वास्थ्य प्रर्वद्घन अधिकृत निर्मला देवकोटाले सामग्री प्रयोगको विधि बारेमा प्रस्तुति राखेकी थिइन् । कार्यक्रमका बीच राष्ट्रज्वोती मावि सैमराङका प्रधानाध्यापक सुमना सुवेदीले सामग्री प्राप्त भएसँगै विद्यार्थीको पठनपाठनमा सहजता आउने भनाई राखिन् ।
संस्थाले कोरोना संक्रमणलाई मध्येजनर गर्दै स्वास्थ्य सुरक्षाका सामग्री, खाध्य सामग्री र सचेतना मूलक पाठ्य सामग्री वितरण गर्दै आएको छ । जसअन्र्तगत आइतवार रुपा गाउँपालिकामा कार्यक्रम हुँदैछ । हालसम्म रु.९० लाख बढीको सामग्री वितरण गरेको पनि संस्थाले भनेको छ ।
गाउँपालिका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम शिक्षा अधिकृत सम्झना पोख्रेलले संचालन गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्