Pokharapatra National Daily

विमानस्थल निर्माणले प्याराग्लाईडिङ विस्थापित हुने पोखरेलीको चिन्ता कहिलेसम्म

पोखराको साहासिक खेल प्याराग्लाईडिङ बिस्थापिथ हुने पोखरेलीको चिन्ता थप बढेको छ । आउदो जनवरी १ तारिखबाट पोखरामा अन्तराष्ट्रिय विमानस्थल संचालन आउने कुराले पोखरेली थप चिन्तित भएका हुन् ।
२०७३ सालदेखि पोखरामा विमानस्थल निर्माण हुन सुरु भए देखि नै पोखरेलीहरु प्याराग्लाईडिङलाई कसरी व्यबस्थापन गर्ने र पोखराको सहासिक नयाँ पर्यटकीय गन्तव्यलाई समेत कसरी बचाउन सकिन्छ भनेर सोच्दै आएका छन् । उद्यपी हालसम्म नेपाल सरकारको आधिकारीक धारणा सार्वजनिक नहुनुविभिन्न निकायका व्यक्तिहरुले हचुवाको भरमा मात्र प्याराग्लाईडिङ संचालन गर्न नसकिने त्यसको विकल्प खोज्नु पर्ने जस्ता अभिव्यक्तिले पोखरेलीहरुलाई थप चिन्तित पारेको पोखराका अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले बताए ।
यसैबिच पोखरामा अन्तराष्ट्रिय विमानस्थल संचालनसंगै पोखराको प्याराग्लाईडिङको भविश्य बिषयक हालै पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यवसायीहरुले
पोखराको पर्यटकहरुको बसाई अवधि लम्बाउने नयाँ ब्राण्ड नै प्याराग्लाईडिङ भएकोले यसलाई पोखरामै व्यबस्थापन गर्न जोडदार माग गरेका छन् । ठुलो धनराशि खर्चिएर पोखरामा स्थापित भएको प्याराग्लाईडिङलाई पोखरामा अन्तराष्ट्रिय विमानस्थल संचालनसंगै विस्थापित गर्न नहुने व्यवसायीको माग छ । पोखराको आकर्षणको रुपमा रहेको प्याराग्लाईडिङ बचाउन अब सबै पोखरेलीबार एक हुनु पर्ने समय आएको पोखराका अग्रज पर्यटन व्यवसायी भट्टराईले बताए । भुकम्प, कोभिड १९, युक्रेन र रसियाको आन्तरिक द्धन्द्धले गर्दा प्रभावित हुदै आएका पोखराका पर्यटन व्यवसायीहरु प्याराग्लाईडिङ पोखराबाटै विस्थापित हुने हो की भन्ने बढो चिन्त्तामा रहेको भट्टराईले बताए । प्याराग्लाईडिङ पाइलट तथा व्यवसायीहरुको अस्वस्थ्य प्रतिष्पर्धाले पनि समस्या निम्तिएको उनको दाबी छ । सन १९९६ मा बिरु बंजनको पहलबाट नेपालको पोखरामा प्याराग्लाईडिङको सुरुवात भएसंगै पछिल्लो समय चाइनिज सहितका अन्य पर्यटकहरुको पहिलो रोजाई नै प्याराग्लाइडिङ हुने गरेको जसले गर्दा पोखरा क्षेत्रका आर्थिक गतिविधिमा प्याराग्लाईडिङ महत्वपूर्ण प्रोडक्ट भएको प्याराग्लाईडिङ पाइलट तथा व्यवसायी राजेश बंजनले बताए । उनका बाबुले भित्राएको प्याराग्लाईडिङ हाल पोखरा क्षेत्रको नयाँ ब्राण्ड तथा साहासिक पर्यटकहरुको पहिलो रोजाई भएकोले यसको उचित ढंगले दिगो रुपमा व्यबस्थापन गर्नुपर्ने राजेशले बताए । पोखरा १८ को सराङकोट र तोरीपानीबाट प्याराग्लाईडिङ गर्दा प्रायः सबै सिजनमा अनुकुल हुने अन्य ठाँउबाट भने निश्चित समयमा मात्र गर्न सकिने उनको भनाई छ ।
पोखरामा अन्तराष्ट्रिय विमानस्थल संचालन गर्दा हवाई उडानको क्रममा बाया साइड(लेफ्ट ट्रन) गरी उडान गरेको खण्डमा विमानस्थलसंगै प्याराग्लाईडिङ व्यबस्थापन गर्न सकिने बंजनको दाबी छ । केही समय अघि पोखरामा २ हप्ता देखि ३ महिनासम्म सोलो प्याराग्लाईडिङ गर्ने सयौं पर्यटकहरु आउने गरेको उनले स्मरण गरे । गण्डकी प्रदेशको राजधानि पोखरा भएको हुनाले पनि यहाँको साहासिक खेल गतिविधिलाई सुरक्षित र उचित ढंगले व्यबस्थापन गर्नुपर्ने अन्यथा पर्यटन प्रबद्र्धनमा समस्या हुने बंजनको भनाई छ ।
नेपाल हवाई खेलकुद संस्था नाका पूर्व अध्यक्ष एवं युवा व्यवसायी योगेश भट्टराईले हालसम्म पोखरामा नयाँ विमानस्थल संचालन भएसंगै पोखराको प्याराग्लाईडिङको बिषयमा आधिकारीक रुपमा हालसम्म कुनै पनि सरकारी निकायबाट जनाकारी नआएको बाहिर चर्चा भने हुदै आएको बताए । पोखराको पर्यटक बसाई अवधि लम्बाउनमा महत्वपूर्ण भुमिका खेल्दै आएको प्याराग्लाईडिङ कसरी र कहाँ व्यबस्थापन गर्ने बिषयमा राज्य हालसम्म मौन बस्नुले पोखरा क्षेत्रका हजारौं व्यवसायीहरु प्रभावित भएको उनको भनाई छ । अन्तराष्ट्रिय हवाई उडान गर्दा निश्चित उचाईमा उडान गर्ने, आपतकालीन अवतरण गर्दा बिषेश ध्यान दिने, विभिन्न देशमा विमानस्थलसंगै प्याराग्लाईडिङ समेत संचालन भएकोले सोही अनुरुप पोखराको प्याराग्लाईडिङ बचाउन सबै लाग्नुपर्ने प्याराग्लाईडिङ खेलको राष्ट्रिय प्रशिक्षक समेत रहेका युवा व्यवसायी भट्टराईले बताए । नाका अध्यक्ष सुनिल भट्टराईले पोखरा क्षेत्रको पहिचान प्याराग्लाईडिङ पनि भएकोले गर्दा त्यसको संरक्षण सहित बचाउने अभियानमा अगुवाई गर्ने बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) धनन्जय रेग्मीले हालसम्म पोखराको प्याराग्लाईडिङको बिषयमा आधिकारीक रुपमा आफुहरुलाई जानकारी नभएको बताए । तथ्यका आधारमा पोखराको प्याराग्लाईडिङ विस्थापित हुने वा नहुने अन्यौल भएको बताउदै उनले यस बिषयमा सरकारी निकायबाट समयमै प्रष्ट धारण लिनुपर्ने व्यवसायीलाई उनले सुझाव दिए । पोखराको प्याराग्लाईडिङ जोगाउने पक्षमा आफु समेत रहेको बताउदै सिईओ रेग्मीले न्यूजिल्याण्ड लगायतका देशबाट दक्ष प्राविधिक भित्रायर भए पनि जति सक्दो छिटो यस बिषयलाई टुंगाउनु पर्ने बताए । पोखरामा अन्तराष्ट्रिय विमानस्थल आउदो जनवरी एक तारिखबाट संचालन हुने जसले गर्दा प्याराग्लाईडिङ विस्थापनको हल्लाले आफुहरु निकै शंसकित भएको नाका महासचिव खेमराज पौडेलले बताए । उनका अनुसार पोखरामा ३ सय ५० जना प्याराग्लाईडिङ पाइलट, ६० वटा प्याराग्लाईडिङ कम्पनी, २ हजार भन्दा बढी प्रत्यक्ष रोजगारी प्राप्त गरेको जसले बार्षिक रुपमा डेढ अर्ब बढीको कारोवार गर्न मद्धत पुगेको छ । पोखरामा विमानस्थल निर्माण कार्य सुरु भएको २०७३ साल देखि आफुहरु अन्यौलको स्थितीबाट अघि बढेको नाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले बताए ।
यसैबिच, नेपाल हवाई खेलकुद संस्थाका नवनिर्वाचित कार्यसमितिले बुधबार एक समारोहका बिच पदस्थापना तथा सपथ ग्रहण गरेका छन् ।
गत शनिबार पोखरामा सम्पन्न नवौं अधिवेशन तथा १९ औं वार्षिक साधारणबाट नयाँ सर्वसम्वत रुपमा अध्यक्षमा निर्वाचित भएका सुनिल बहादुर भट्टराई सहितको पदाधिकारीहरुलाई बुधबार पदास्थापना तथा सपथ ग्रहण गरेका हुन्। नाको उपाध्यक्षमा सोवित बानियाँ, टेक्निकल उपाध्यक्षमा अनिल केसी, महासचिवमा खेमराज आचार्य, सचिवमा रोशन गौतम, कोषाध्यक्ष अशोक पराजुली रहेका छन् ।
त्यसै गरी टेक्निकल सदस्यमा शेरबहादुर गुरुङ र दीपक थापा, सदस्यहरुमा विजय गौतम, भेनिस थापा, इमनाथ देवकाटा रहेका छन् भने निबर्तमान अध्यक्ष कृष्ण भण्डारी रहनेछन् ।

प्रतिकृया दिनुहोस्