Pokharapatra National Daily

पोखरा कलेज अफ म्यानेजमेन्टमा आइडिया कन्टेस्ट

पोखरा कलेज अफ म्यानेजमेन्टमा शुक्रबार आइडिया कन्टेस्ट प्रतियोगिता सम्पन्न भएको छ । कलेजको सभाकक्षमा सम्पन्न प्रतियोगितामा २३ वटा समूहले आफ्नो व्यवसायिक योजना प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्यानारोमिक एग्रो टुरिजम फार्म समूहलाई नगद रु. ५ हजार सहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसै गरी ब्लिसकेयर र मिस्टर घरकाम गरी दुई समूहले समान अंक प्राप्त गर्दै दोस्रो स्थान प्राप्त गरेका थिए । प्रतियोगिताका सबै पुरस्कृत तथा सहभागीहरुलाई कलेजको प्राचार्य लिना नेगी गुरुङ्गले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
प्रतियोगीहरुको योजनाको मूल्यांकन पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसका निर्देशक डा. श्रृजन ज्ञवाली र कलेजका बिबिए कार्यक्रम संयोजक सरोज कुँबरले गर्नुभएको थियो । कलेजको वार्षिक क्यालेन्डर अनुसार नै यो प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको कार्यक्रम संयोजक मनोज श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताले उद्यमशिलता विषय अध्ययन गरिसकेका विद्यार्थीहरुमाझ उद्यमी सोच निर्माण गर्न सघाएको विषय शिक्षक प्रतिक राईले बताउनुभयो । पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धप्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरु बिबिए र बिसिआईएस (आईटी) कार्यक्रममा अध्ययन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्