
पोखरा महानगरपालिका वडा नं १३ स्थित बेसलाइन एकेडेमी स्कुलको रजत जयन्तीका अवसरमा पहिलो दिन चित्रकला प्रतियोगिता शुक्रवार सम्पन्न भयो ।
चित्रकला प्रतियोगितामा सृजना माविका लक्ष्मण पोख्रेल प्रथम, बाल कल्याण हाइ स्कुलका श्रीयाना तामाङ दोस्रो, शान्ति निकुञ्ज माविका सुजन राइ तेस्रो र बेसलाइन एकेडेमी स्कूलका मुबारक मियाँ चौथो भएको छन् । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथा हुनेलाइ क्रमश नगद सातहजार, पाँचहजार, तीन हजार, एक हजार र साथमा प्रमाणपत्र मेडल प्रदान गरिएको छ । त्यसैगरी प्रतियोगितामा पाँचौ स्थानमा एस ओ एसका मनिका सुनार, छैटौ कुमदिनी होम्सका सिजन श्रेष्ठ, सातौ स्थानमा विन्ध्यश्वरी आर्दश माविका सोचन श्रेष्ठ, बेसलाइन एकेडेमीका श्रेया गुरुङ आठौं, नवदिप इङ्गिलिस स्कुलका नमिता गुरुङ नवौ र करुणनिधी एजुकेशन स्कूलका एडिसन सुवेदी दशौ स्थानमा पर्न सफल भएका छन् । पाँचो देखी दशौ स्थान सम्म पर्ने विद्यार्थीहरुलाइ प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराका कुलपति सूर्य खड्का विखर्चीले प्रतियोगितामा दशौ स्थानसम्म पर्न सफल विद्यार्थीहरुलाइ पुरस्कार वितरण गर्दै चित्रकलाको वारे जापनको उदाहरण दिंदै महत्व र विशेषताको वारे व्याख्या गरेका थिए । एउटा चित्र भित्र हजारौ शब्दहरु लुकेको हुनाले यसको आँफैमा महत्व रहेको कुलपति विखर्चीले वताए । ६० विद्यालयका एक सय २० विद्यार्थीहरु सहभागी रहेको प्रतियोगितामा हरिराम जोजिजूको एकल निर्णायक रहेको थियो । २०५४ सालमा स्थापना भएको स्कुलले २५ वर्ष पुगेको अवसरमा आगमी माघ १४ गते सम्म अझै आठ वटा कार्यक्रम आयोजना गर्दै छ । आगमी साउन २० गते अन्तर विद्यालय स्तरीय एकल लोक नृत्य प्रतियोगिता गर्ने, भदौ ३१ गते अन्तर विद्यालय स्तरीय स्क्रायबल प्रतियोगिता गर्ने, कार्तिक २५ गते अन्तर विद्यालय स्तरीय नेपाली बक्तृत्वकला प्रतियोगिता गर्ने बेसलाइन स्कुलका निर्देशक शोभालक्ष्मी पौडेलले कार्यक्रममा सहभागीहरुलाइ स्वागत मन्तव्य दिंदै कार्यक्रमको वारे जानकारी गराइन ।
मंसीर १४ गते विद्यालय स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने, माघ ९ गते खुल्ला मिनी म्याराथुन प्रतियोगिता गर्ने लगायत स्वास्थ्य शिविर गरी आगमी माघ १४ गते वार्षिकोत्सव तथा रजत जयन्ती विशेष समारोह अयोजना गरी समापन गरिने स्कुलका निर्देशक पौडेलले भनिन् । बेसलाइन एकेडेमी स्कूलका प्रवन्ध निर्देशक षडानन्द गौतमको अध्यक्षतमा भएको कार्यक्रममा पोखरापत्र दैनिकका कार्यकारी सम्पादक शोभाकान्त सिग्देल, धौलागिरी माविका प्राचार्य शिव रेग्मी लगायत वोलेको कार्यक्रममा बेसलाइन एकेडेमीका शिक्षक रामप्रसाद तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए ।