Pokharapatra National Daily

बेसलाइन एकेडेमीको रजत जयन्ती सुरु

पोखरा महानगरपालिका वडा नं १३ स्थित बेसलाइन एकेडेमी स्कुलको शुक्रवारदेखि रजत जयन्ती सुरु हुने छ । स्कुलले बिहीवार पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो ।
२०५४ सालमा स्थापना भएको स्कुलले २५ वर्ष पुगेको अवसरमा आगमी माघ १४ गते सम्म नौ वटा कार्यक्रम आयोजना गरेको छ । रजत जयन्तीको अवसरमा विद्यालयले शुक्रवार अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिता गर्ने, साउन २० गते अन्तर विद्यालय स्तरीय एकल लोक नृत्य प्रतियोगिता गर्ने, भदौ ३१ गते अन्तर विद्यालय स्तरीय स्क्रायबल प्रतियोगिता गर्ने, कार्तिक २५ गते अन्तर विद्यालय स्तरीय नेपाली बक्तृत्वकला प्रतियोगिताग गर्ने बेसलाइन स्कुलका निर्देशक शोभालक्ष्मी पौडेलले जानकारी गराइन् । त्यसैगरी मंसीर १४ गते विद्यालय स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने, माघ ९ गते खुल्ला मिनी म्याराथुन प्रतियोगिता गर्ने लगायत स्वास्थ्य शिविर गरी आगमी माघ १४ गते वार्षिकोत्सव तथा रजत जयन्ती विशेष समारोह अयोजना गरी समापन गरिने स्कुलका प्रवन्ध निर्देशक षडानन्द गौतमले वताए । स्कुलले दर्जनौं शिक्षक, चिकित्सक, इन्जिनियरहरु, खेलकुदकर्मी, कलाकार र सफल व्यवसायी जन्माइसकेको प्रवन्ध निर्देशक गौतमले भने ।
बेसलाइनमा मावि तहमा उत्कृष्ट अंक ल्याउन सफल दिलु गुरुङ अग्रेजी विषयमा स्नातकोत्तर उर्तिणा गरी हाल सोही विद्यालयमा सहप्राचार्यको पद समालीरहेकी छिन् । रजत जयन्तीका पहिलो दिन शुक्रवार हुने चित्रकला प्रतियोगितामा ६० विद्यालयवाट एक सय २० जना सहभागी हुने उनै दिलुले पोखरापत्रलाइ वताइन् । पत्रकार सम्मेलनमा स्कुलका शिक्षक रामप्रसाद तिमिल्सिनाले साहित्यमय भाकामा कार्यक्रम संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्