Pokharapatra National Daily

हरिनाशले ल्यायो ४१ करोड ८७ लाख ८० हजारको बजेट

स्याङ्गजाको हरिनाश गाउपालिकाले आगामी आर्थिक वर्ष ०७९÷८० का लागि ल्याएको बजेट मंगलवार पारित भएको छ ।
पालिकाले ल्याएको ४१ करोड ८७ लाख ८० हजार रुपैयाको बजेट पारित भएको हो । आयतर्फ संघबाट समानिकरण अनुदान ९ करोड ३३ लाख, राजश्व बाँडफाँड ७ करोड ४५ लाख ८२ हजार, समपुरक अनुदान १ करोड ६० लाख, विशेष अनुदान २ करोड ४९ लाख, सशर्त अनुदान चालुतर्फ १६ करोड ५७ लाख, सशर्त अनुदान पुँजीगत ६२ लाख, प्रदेशतर्फ समानिकरण अनुदान १ करोड १ लाख ८३ हजार, राजश्व बाँडफाँड ४९ लाख १५ हजार, समपुरक अनुदान ५० लाख, विशेष अनुदान ५० लाख, स्थानीयतर्फ अल्या १ करोड र आन्तरिक आम्दानी ३० लाख रुपैया हुने अनुमान छ । गाउँपालिकाको प्रत्येक वडाहरुको योजनाहरुलाई प्राथामिकतामा राखेर बजेट ल्याएको जनाइएको छ । शैक्षिक गुणस्तर सुधार, कृषिमा आधुनिकिकरण, पर्यटन प्रर्वद्वन, स्वास्थ्य क्षेत्रमा गाउँपालिकाबासीको पहुँच विस्तार तथा महिला दलित युवा, जेष्ठ नागरिक लक्षित कार्यक्रम ल्याइएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का अध्यक्ष ओम प्रकाश सिग्देलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्