Pokharapatra National Daily

रोटरी लेकसाइड सहयोगको लागि अर्मलाका दुई घरपरिवारमा

विगत केही दिनदेखि अविरल वर्षाको कारण बाढी पहिरोले अर्मलामा दुई घर परिवारलाइ क्षति पु¥याएको छ ।
रोटरी क्लव अफ दरवारमार्ग काठमाडौंको सहयोगमा रोटरी क्लव अफ पोखरा लेकसाइडको सक्रियतामा वडा नं १६ स्थित अर्मलामा क्षति पु¥याएको दुई घरलाई हालै अक्वाबक्स हस्तान्तरण गरिएको छ । अर्मलामा राहत पाउनेमा रामवहादुर मगर र पुनिमाया सुनार रहेका छन् । रोटरी लेकसाइडले रोटरी वर्ष २०२२÷२३ सुरु भएपछिको पहिलो कार्यक्रम अर्मलामा गरेको हो । सन् २०२३÷२४ को डिजी राजेन्द्र ध्वजूको प्रमुख अतिथिमा कार्यक्रम भएको रोटरी क्लव अफ पोखरा लेकसाइडका सचिव मिन गुरुङले पोखरापत्रलाइ बताए । प्रमुख अतिथि ध्वजूले रोटरीको मुख्य उद्देश्य नै समाज सेवा भएकोले जुन सुकै समाजमा आइपरेको समस्यालाई आत्मसाथ गरि अगाडि बढिने भने । वडा नं १६ का वडा अध्यक्ष अमृत तिमिल्सिनाले रोटरीले गरेको कार्यले समाजमा सकारात्मक सन्देश गएको भने । रोटरीले दुइ परिवारलाई प्रदान गरेको अक्वाबक्सले दुइ परिवारलाई घर चलाउन असाध्यै सहयोग पुगेकोमा अध्यक्ष तिमिल्सिनाले खुशी व्यक्त गरे ।
रोटरी क्लव अफ पोखरा लेकसाइडका अध्यक्ष डा. विरवहादुर कार्कीको अध्यक्षमा भएको कार्यक्रममा एजी राजेन्द्र लिगल लगायत बोलेको कार्यक्रममा रोटरी क्लव अफ पोखरा लेकसाइडका पूर्व अध्यक्ष जयराम पौडेल, एडमिन राजन कुमाल र सर्भिस चियर राममणी पौडेलको पनि उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस्