Pokharapatra National Daily

हरिनासको नीति तथा कार्यक्रम सार्वजनिक

हरिनास गाउपालिकाको आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
हरिनासको ११औँ गाउँसभाले शुक्रबार कुल ४१ करोड ७७ लाख ४४ हजारको बजेट सार्बजनिक गरेको छ । पालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा जनतासँग अध्यक्ष तथा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम लगायत विभिन्न क्षेत्रलाई पकेट क्षेत्र छुट्याई कृषिमा आत्मनिर्भर बनाइने जस्ता कार्यक्रम रहेका छन् । हरिनासमा शैक्षिक गुणस्तर बिकासमा विशेष योजना, स्वास्थमा हरिनासवासीको सहज पहुच, दलित समुदाय लक्षित विशेष कार्यक्रम, महिलालाई आय आर्जनमा आत्मनिर्भर बनाउने, युवालाई खेलकुदमा विशेष प्रशिक्षण, युवा स्वरोजगारमा विशेष जोड, भौतिक पूर्वाधार तर्फ बाटो, बत्ति, पानी, सिचाई, सामुदायिक भवन लगायतमा विशेष लगानी गर्ने रहेको छ । पर्यटन लक्षित कार्यक्रम, प्रदेश तथा संघीय सरकारसँगको साझेदारीमा संचालित योजनाहरुको निरन्तरता, कच्चा पदार्थ उपलब्धताको आधारमा औधोगिक सम्भाव्यताको अध्ययन लागाएतका कार्यक्रम सार्वजनिक गरेको हरिनासका प्रबक्ता तथा वडा नं ३ का वडा अध्यक्ष ओम प्रकाश सिग्देलले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रम सर्बसम्मत पारित भएको छ भने १५ गतेभित्र बजेट भाषण मार्फत सार्वजनिक गरिने छ । सो अवसरमा कार्यक्रम संचालन प्रमुख प्रशासकीय परसुराम पोखेरलले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता पालिका प्रमुख खिमनारायण मानन्धरले गर्नु भएको थियो ।
स्वागत मन्तव्य गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थापा राना, शुभकामना मन्तव्य कार्यपलिका सदस्य उजेली परियार एवं वडा नं २ का अध्यक्ष चित्र बहादुर सिंजाली लगायतले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्