Pokharapatra National Daily

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा किड्नी ट्रान्सप्लान्ट सेवा सुरु

अब किड्नीका विरामीहरुले किड्नी ट्रान्सप्लान्ट गर्न अन्यत्र जानु नपर्ने भएको छ ।
बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पहिलोे किड्नी ट्रान्सप्लान्ट सफलतापूर्वक गरिएको छ । गण्डकी प्रदेश मै पहिलो पटक प्रतिष्ठानको आन्तरिक खर्च व्यवस्थापन गरी सुरु गरिएको उक्त सेवा धर्मभक्त राष्ट्रिय प्रयारोपण केन्द्र र प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको हो । केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठ तथा प्रतिष्ठानका डा. प्रकाश क्षेत्री सहितको टिमले करिब ४ घण्टाको समय लगाएर ५० बर्षिय महिला विरामीमा ५१ बर्षिय पुरुषको किड्नी प्रत्यारोपण गर्न सफल भएका प्रतिष्ठानका निर्देशक प्रा. डा. भरतबहादुर खत्रीले वताउनु भयो । पोखरामा दैनिक डायलासिस गर्नुपर्ने किड्नी विरामी ५ सय भन्दा वढि छन् । पोेखरामा नै किड्नी ट्रान्सप्लान्ट हुने भएपछि धेरै विरामीको उपचारमा सहज हुने र आगामी दिनमा उक्त सेवालाई वढाउँदै लैजाने योजना रहेको अस्पताल प्रशासनको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्