Pokharapatra National Daily

कर्मशिल सहकारीको स्थापना दिवसको अवसरमा आँखा शिविर

पोखराको सभागृहचोकमा केन्द्रिय कार्यालय रहेको कर्मशिल बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १० औं स्थापना दिवसको अवसर पारेर निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको स्वास्थ्य उपसमितिको संयोजनमा युवा तथा खेलकुद उपसमिति र महिला उपसमितिको पहलमा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा पोखरा म.न.पा. २२ स्थित शुक्रराज माध्यमिक विद्यालय, काउलेपानीमा कार्यक्रम भएको थियो ।
संस्थाका अध्यक्ष संगिता गौतम तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि पो.म.न.पा.२२ का वडा अध्यक्ष हिमलाल बराल, विशेष अतिथिमा जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बराल, अतिथिका रुपमा विद्यालयका प्रधानाध्यापक नरनाथ बराल, नेपाल रेडक्रस सोसाइटी पोखरा २२ उपशाखाका सभापति राजु बराल हुनुहुन्थ्यो ।
संस्थाको युवा तथा खेलकुद उपसमितिका सदस्य विजय सापकोटाले संचालन गर्नुभएको कार्यक्रममा विद्यालयका जुनियर रेडक्रस सर्कलका भाइबहिनीहरुको सक्रिय सहभागितामा रहेको थियो ।
कार्यक्रममा संस्थाका संचालक विभिन्न उपसमितिका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षिका एंव अभिभावक गरी २१९ जनाको निशुल्क आँखा परीक्षण गरिएको थियो ।
आँखा शिविरमा आँखाका कडा रोग लागेका विद्यार्थीलाई अस्पतालमा रिफर तथा अन्यलाई चस्मा तथा आँखाका औषधीहरु निशुल्क वितरण गरिएको थियो । संस्थाको स्थापना वि.स. २०६९ साल असार २५ गते भई विधिवत् बचत तथा ऋणको कारोबार साउन १ गतेबाट शुरु भएको जानकारी संस्थाका प्रबन्धक देबेन्द्र धितालले दिनुभयो ।

प्रतिकृया दिनुहोस्