Pokharapatra National Daily

जनताको स्वास्थ्य सुरक्षाको लागि वडा १३ का घरघरमा कागती

हजुरको घरमा अचार पाक्यो ? नुनिलो विनाको तरकारी जस्तै अचार अमिलो विना स्वाद पर्दैन । अचार भन्ने वित्तिकै ट्वाक्क पिरो साथमा अमिलो स्वादले मात्र पुर्ण हुन्छ । पुरानो अमिलो होइन । अव आफ्नै वारीवाट टिपेर पाकेको अचारमा अन्तिममा कागतीको अमिलो निचरेर खाए पछि स्वाद पनि मिठो । शरीर पनि टाठो । अव ती दिन हजुरकै घरमा बातवरण वन्दै छ । स्वास्थ्य शरीर फुर्तिलो शरीर सँगै वातवरण मैत्री वडा वनाउने उद्देश्यले वडा नं १३ का अध्यक्ष किरण वरालले आफ्ना जनतालाई शनिवार कागतीका विरुवा वितरण अभियन सरु गरेका छन् । सोही अभियान अनुसार पोखरा महानगरपालिका वडा नं १३ मा निशुल्क कागतीका विरुवा वितरण गरेको छ । वातवरण मैत्री वडा बनाउने उद्देश्यले पाँच हजार घरधुरीलाइ विरुवा वितरण गरिएको हो ।
वडा १३ मा स्थित टोल विकास संस्थाका अध्यक्षलाई शनिवार भेला गराइ उनीहरु मर्फत प्रत्येक घरधुरीलाई एक एक ओटाका दरले कागतीका विरुवा बाँडिएको वडा नं १३ का अध्यक्ष किरण वरालले वताए । भेलामा सम्बोधन गर्दै अध्यक्ष किरणले जडिबुटीको रुपमा रहेको कागतीलाई घरमा लगेर अनिवार्य रोप्नको लागि अनुरोध गरे । कागती स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो भएकाले विरुवा रोपेपछि संरक्षण र सम्बर्धन गरी आयआर्जनको माध्यम बनाउन सके कार्यक्रम अझ फलदायी हुने अध्यक्ष वरालले वताए । वडाध्यक्ष वरालले आफ्नो पाँच बर्षे कार्यकाल पोखराकै नमुना बनाउने गरी आफु अगाडी बढेको हुँदा यो कार्यक्रम पनि त्यसैको निरन्तरता रहेको भने । एक घर एक कागती कार्यक्रम वडाको पर्यावरण र कृषि क्षेत्र तर्फको पहिलो कार्यक्रम भएको हुनाले यसलाई प्रभावकारी बनाउन सबै लाग्नुपर्ने वडा सदस्य सुचित तमाङले पोखरापत्रलाइ वताइन् ।
स्थानीयवासी तथा समाजसेवी गणेश आचार्यले वडाले दिएको कागतीको विरुवा सोही दिन रोपेको पोखरापत्रलाइ वताए । दिनहुँ कागती पानी पिउँदा हरेकको स्वास्थ्यमा अपूर्व परिवर्तन आउने भएकोले वडाले जनतामुखी कार्यक्रम गरेकोमा दिलै देखि प्रशंसा गरे समाजसेवी शरदकान्त सिग्देलले ।
सोही कार्यक्रममा वडा अध्यक्षले उपस्थित भएका टोल विकास संस्थाका अध्यक्षहरु सँग मागगरेका योजना र सुझावका वारेमा व्यापक छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस्