Pokharapatra National Daily

फाइनलमा पुगेका रयापर गायक जेनिसलाई पोखरामा भव्य स्वागत

बिहानको नौ बजेको थियो । मोवाइलमा पूर्ण भाइ नामबाट भाइवरेशन भयो । म व्यस्त थिएँ । सन्देश पठाएँ । तैपनि तीन पटकसम्म भाइको फोन आयो । जति व्यस्त भएपनि फोन उठाएको के थिएँ । दाजु आज कान्छो आउँछ दिनको दुइ बजे । कान्छोको वारे सूचना पाएको थिएँ मेरो व्यस्ततालाइ टपक्क विर्सेर भाइ भन ।
दाजु सवै साथीहरु कुँडहर चोकमा दिनको दुइ बजे भेट्ने कार्यक्रम छ । दाजु हजुर पनि आउनुहोला । भाइ तिम्रो मात्र छोरा होइन मेरो पनि छोरा हो । म आउँछु भने । आफ्नो काम सकेपछि घर गएँ । श्रीमती सम्झनालाइ पनि भने आज जेनिस बाबु पोखरा आउने जानकारी गराएँ । ओहो त्यसो भए त भेट्न पर्दछ भन्दै म घर ढिला गएर बनेको श्रीमतीको अध्याँरो अनुहार चन्द्रमा जस्तै टल्कियो । खाना खाएर यसो किताबलाइ साथि बनाएको थिएँ । श्रीमतीले दुई बज्न १५ मिनेट बाँकी छ हजुर जानी होइन भन्दै थिइन म तयारी अवस्थामा पुग्येँ । उता पुर्ण भाइको फोन आयो दाजु कान्छो जाममा परयो तीन बजे आउँछ रे । म हिड्न तयार भएको खुट्टामा ब्रेक लाग्यो । तैपनि मन तन जेसिलाइ काठमाडौवाट कुँडहर चोकमा झर्नी वित्तिकै भेट्ने हुटीहुटी चलेको थियो । विस्तारै म जेनिसलाइ स्वागत गर्न चोक तिर पुग्यें । भाइलाइ फोन गरे भाइ यहाँ त खोइ पनि हुनुहुन्न । दाजु अमरसिँह चोक भन्दा माथीको चोक हाम्रो घर तिर आउने वाटोमा साथीहरु सवै आउनु भएको छ । मेरो स्टेरिङ शिवचोकवाट अमरसिंहचोक तिर पुगी रोकीयो । चोकमा के पुगेको थिएँ । आकशवाट इन्द्र भगवानले जेनिसलाइ हामीले भन्दा पहिला जलले स्वागत गर्नुभयो । जल स्वागत सवै भन्दा राम्रो स्वागत हो । अन्दाजी ७० सवारी साधनका दाजु भाइको पर्खाइ जेनिसलाइ भयो । पोले पनि घामै जाति, पिटे पनि आमै जाति भने झै आमा हिमा जिसी छोरालाइ स्वागत गर्न छिमेकी रमा वराल आचार्य सँग आइ पुगिन् । तीन महिना पछिको भेटले आमा छोरा अँगालोमा डुवी एक अर्कामा खुसा साटे । उता दाजु आदेश जिसी र समाजसेवी श्रीप्रसाद गुरुङ पनि जेनिसलाइ देख्ने वित्तिकै मन थाम्न नसकी एकै पटक अँगालोमा बसे । यसरी जेनिसलाइ अगाडि बढाउँदै लामबद्ध रुपमा ट्याक्सी सँगै काउँखोला पुगी भिडमा परिणत भयो । सोही अवसरमा वडा नं १३ का अध्यक्ष किरण वराल टुप्लुक्क आइपुगी जेनिसलाइ शुभकामना दिंदै व्यत्तिगत सँगै वडावाट पनि सक्दो सहयोग गर्ने वचन वद्धता दिए । ¥यापर जेनिसले सवैलाइ आत्मैदेखि धन्यवाद दिदै गित गाएर उपस्थित सवैलाइ मन्त्रमुग्ध पारे । उता बाबा पुर्ण आँखा भरी खुशीका आँसु बगाउँदै मेरो छोरो मात्र नभै हजुरहरुको सवैको छोरा भएका खुशी साटे । सो कार्यक्रम युवा व्यवसायी तथा समाजसेवी कुमार केसीले संचालन गरेका थिए । नेपहपको श्रीपेच कार्यक्रम अन्तर्गत अहिले फाइनलमा प्रवेश गरेका छन् जेनिस । इष्टमित्र, आफन्त, छरछिमेक, वडा नं १३ मा रहेका संघ संस्थाको माया ममता सँगै स्वदेश तथा विदेशवाट सयौं शुभचिन्तकहरुको जेनिसलाई सहयोग जारी छ ।

प्रतिकृया दिनुहोस्