Pokharapatra National Daily

बाबा फाउण्डेशन र रोटरी न्यूराडको सहयोग संस्कृत मावि वगरमा

बाबा फाउण्डेशन नेपालले रोटरी क्लब अफ पोखरा न्यूरोडसँगको सहकार्यमा स्टेशनरी सामग्री र न्यानो कपडा वितरण गरेको छ ।
आइतवार फाउण्डेशनले पोखरा महानगरपालिका वडा नं १ स्थित संस्कृत मावि वगर भीमकालीपाटनमा सो सामग्री वितरण गरेको हो । विद्यालयमा अध्ययनरत एक सय ६५ विद्यार्थीहरुको लागि स्टेशन सामग्री र विद्यालयमा संचालित आवासीय गुरुकुलका ४२ जना वटुकलाइ न्यानो कपडा वितरण गरेको हो । रोटरी क्लव अफ पोखरा न्युरोडका अध्यक्ष पशुपति शर्मा र बाबा फाउण्डेशनका सदस्य रविराज बसौलाको संयोजकमा विद्यालयमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा स्वास्थ्य सामाग्री पनि वितरण गरिएको थियो । लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरमा सोसल वर्क अध्यापन गराउने रोशनी कुँवरले मास्क सौजन्य गरेकी थिइन् । संस्कृत माविका प्रधानाध्यापक गोविन्द प्रसाद सिग्देल, सहायक प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरीलाल श्रेष्ठ लागयतकाले सहयोगको प्रशंसा गरेका शिक्षक श्रीकान्त सापकोटाले पोखरापत्रलाइ वताए । लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरमा स्नातक प्रथम वर्षमा पत्रकारिता अध्ययनरत सुजता ढकालले कलेजमा सोसल वर्क अध्ययन गरिरहँदा यस्ता सामाजिक सेवामा डुब्न थालेको चर्चा गरिन ।
साथमा लेकसिटी कलेजमा प्रथम वर्षमा अध्ययनरत अनुपा अधिकारी, स्वास्तिका मानन्धर, कृष्णकला पोख्रेल, रश्मी मगर, प्रतिष्ठा शाक्य र आसीका रानाभाटले सामाजिक कार्यमा उपस्थित हुनाले जीवनमा सहयोगी भावनाको उर्जा थप्दै गएको वताए ।

प्रतिकृया दिनुहोस्