Pokharapatra National Daily

लायन्स क्लव अफ पोखरा सेन्टेनियलद्धारा पत्रकार महासंघलाई मास्क वितरण

नेपाल पत्रकार महासंघ कस्की शाखालाई लायन्स क्लव अफ पोखरा सेन्टेनियलले मास्क वितरण गरेको छ ।
क्लवका अध्यक्ष प्रगत कायस्थ, निवर्तमान अध्यक्ष विजेस पालिखे र प्रथम उपाध्यक्ष पुष्पा गुरुङले सर्जिकल १० हजार मास्क नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ एवं सचिव रामप्रसाद तिमिल्सिनालाई एक समारोहका बिच आइतबार पोखरामा हस्तान्तरण गरेका हुन् । कोरोना शंक्रमण हाल पनि जारी रहेको यो अस्थामा अग्रभाग(प«mन्टलाइन) मा कार्यरत पत्रकारहरुलाई समेत थोरै भए पनि राहत उपलब्ध गराउने उद्धेश्यले उक्त मास्क वितरण गरिएको अध्यक्ष कायस्थले जनाए । चाइनाको विभिन्न क्लवहरुसंगको सहकार्यमा आफुहरुले चाइनबाट २ लाख २५ हजार वटा सर्जिकल मास्क ल्याएको उनले जनाए । काठमाण्डौंमा २५ हजार वटा मास्क वितरण गरेको क्लवले पोखरा र यस क्षेत्रमा भने सुरक्षा निकायमा वितरण गरेको छ भने अब केही सामुदायिक बिद्यालयमा समेत सहयोग गर्ने भएको छ । क्लवले यस अघि विभिन्न सामाजिक कार्य गर्ने क्रममा चाइनाको विभिन्न क्लवसंगको सहकार्यमा नेपालमा आखाँ शिविर समेत आयोजना गरेको निवर्तमान अध्यक्ष पाखिलेले जनाए । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले क्लवले पत्रकारहरुलाई सम्झेर मास्क सहयोग गरेकोमा धन्यवाद दिदै प्राप्त मास्क महासंघको आउँदो माघ २ गते हुने साधारण सभामा उक्त मास्क वितरण गर्ने जनाए ।
पत्रकार महासंघलाई यस अघि हेलम्वो नेपाल, पोखरा महानगरपालिका सहितका विभिन्न संघ संस्थाहरुले मास्क सहितको सहयोग गरेका छन् ।

प्रतिकृया दिनुहोस्