Pokharapatra National Daily

तितेपानीको खानेपानी संरक्षण गर्न टंकी निर्माण सुरु

पोखराको खानेपानी मर्दी खोलाबाट सिधै घरघरमा वितरण गरिएको छ ।
वर्षाको समयमा खोलाको पानी धमिलो आउँदा धरको धारामा पनि हिलो मिसिएको पानी हरेक वर्ष दोहोसरने समस्या हो र त्यस्तै हिउँदको वेलामा खानेपानीको मुहानमै पानीको कमीको कारण धेरैको घरमा पानी आउँदैन । ति सबै घरधनि वा वहालमा वस्ने सबै जना पानीलिन जाने भनेकै उक्त स्थान हो ।
जहाँ गर्मीको समयमा फ्रिजको जस्तो चिसो र मिठो, हिउँदको वेला नियमित पानी पाईन्छ । वजार क्षेत्रबाट निकै नजिक रहेको उक्त तितेपानीमा दैनिक सयौंको संख्यामा खानेपानी लिन पुग्छन् । पानी टंकी सानो र धारा एउटा मात्रै भएकोले विहान ३ वजेदेखि नै पानीको लागि लाईनमा वस्नु पर्ने वाध्यता थियो । अव त्यो वाध्यता केहि महिना पछि हट्ने भएको छ । पोखरा महानगरपालिका वडा नं. १७ रानीवनको छेउमा रहेको तितेपानीको खानेपानी संरक्षणको लागि पानीटंकी निर्माण सुरु भएको छ । शुक्रबार करिब ५० हजार लिटर क्षमताको पानीटंकीको पोखरा १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले शिलान्यास गरेका छन् । उनले वडाले तत्काल १० लाख रुपैया उपलब्ध गराउने छ भने पुण्यको काम भएकोले स्थानियले पनि सक्दो आर्थिक सहयोग गर्ने अपेक्षा गरेका छन् । शिलान्यास कार्यक्रममा कार्यपालिका सदस्य राधिका शाही योगी, वडा सदस्य बैकुण्ठ भण्डारी, नेकपा पोखरा १७ का अध्यक्ष सुभाष ढुंगाना, नेपाली काँग्रेस पोखरा १७ का सभापति देवराज आचार्य, इ. किसनसिं गुरुङ, इ. जिवन शेरचन, पर्यटन व्यवसायी वच्चुराम तिवारी, समाजसेवी क्या.धर्मदत्त तिमिल्सिना लगाएतले शुभकामना दिदैं निर्माण कार्य छिटोभन्दा छिटो हुनु पर्ने वताए ।
उक्त पानीटंकी निर्माणको लागि अन्दाजी ३५ लाख अनुमान गरिएको र पानीको मुललाई ध्यानमा राखेर बाटोलाई नवनिर्माण टंकीको तलबाट लैजानु पर्ने इञ्जिनियरहरुको भनाई रहेको छ । समितिका अध्यक्ष तथा ड्यामसाईड क्लबका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत डेभिजफल क्लबका अध्यक्ष खेमराज वराल (पुष्प) ले स्वागत र संचालन सचिव अनन्तराज लम्सालले गरेका थिए । जिर्ण भइसकेको पानी टंकी र मिठो पानी खान घण्टौ लाइनमा वस्ने व्यक्तिहरुको दिनप्रतिदिनको रोजाइमा पर्दै गएको तितेपानीको संरक्षणको लागि कार्तिकको अन्तिम साता पोखरा १७ का संघसंस्थाका प्रतिनिधिहरुको भेला वसेको थियो । भेलाले ड्यामसाईड निवासी समाजसेवामा सक्रिय युवा पदमबहादुर ढकालको अध्यक्षतामा ११ सदस्यीय तितेपानी संरक्षण समिति गठन गरेको थियो । भेलाले उपाध्यक्षमा खेमराज वराल (पुष्प), सचिवमा अनन्तराज लम्साल, कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल, सहसचिवमा विना पौडेल र सदस्यहरुमा हरि लम्साल, दानबहादुर शाही, कृष्ण थापा, कोपिला दिवाली, घनश्याम सुवेदी, विनम गुरुङ रहेका छन् । सोही भेलाले प्राविधिक सल्लाहकारहरुमा इ. किसान सिं गुरुङ, इ. जिवन शेरचन, इ. ओम शर्मा, ई. सोफिया गुरुङ रहेका छन् भने सल्लाहकारमा गणेश भट्टराई, भिमबहादुर भट्टराई, डिलबहादुर क्षेत्री, रामचन्द्र गुरुङ, सावित्रा खवास, कृष्णप्रसाद चालिसे र विष्णुप्रसाद पौडेल रहेका छन् ।

प्रतिकृया दिनुहोस्