Pokharapatra National Daily

विकासमा महिला जाग्नुपर्दछ ःउपमेयर गुरुङ

प्रस्र्याङ, धारापानी स्थित धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा तथा उक्त सहकारीद्वारा संचालित मन्टेश्वरीको भवन समुद्घाटन समारोह शनिवार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले विकासमा अव महिला जाग्नुपर्ने औँल्याउँदै आर्थिक रुपमा पछाडि परेसम्म महिला सशक्तिकारण नहुने बताइन । उनले सहकारी सहकार्यबाट चल्नुपर्ने जनाउँदै सहकारीले मन्टेश्वरी संचालनको सुरुवात गर्नु महत्वपूर्ण रहेको भनाई राखिन । जीवन सिकाई भएको चर्चा गर्दै उपमेयर गुरुङले बालबालिकाको सिकाई निकै सम्वेदनशील हुने पनि औल्याइन । उनले उपमेयरसँग महिला कार्यक्रमसँग जोडिन सहकारीलाई आग्रह पनि गरिन ।
पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले मेरो सहकारी भनी कारोवार गर्न सुझाव दिर्दै कुनै अप्ठ्यारो परे सहकारी समितिसँग छलफल गर्न अनुरोध गर्नुभयो। पोखरामा महिला बहुउद्देश्यीय सहकारी कम संख्यामा रहेका जानकारी दिर्दै अधिकारीले सहकारीले नेतृत्व पनि विकास गर्ने धारणा राखे । उक्त कार्यक्रममा वडासदस्य हरीमाया विक, जग्गादाता वसन्तराज अधिकारी, धारापानी टोल ख का अध्यक्ष धनञ्जय पौडेल, शिक्षाप्रेमी हेरम्बप्रसाद कोइराला, सफल महिला विकास समितिका अध्यक्ष सिर्जना शाह, सल्लाहाकार सुभद्रा कोइराला, सहकारीकी अध्यक्ष राधिका आचार्य, मन्टेश्वरीकी अध्यक्ष कल्पना बास्तोला लगायतले पनि धारणा राखेका थिए । कार्यक्रमका बीच सहकारीका अध्यक्ष राधिका आचार्य, मन्टेश्वरीकी अध्यक्ष कल्पना बास्तोला, सचिव गीतादेवी पौडेल, कोषाध्यक्ष शारदा गिरी, लेखा समिति संयोजक इन्दु सुवेदी पौडेल लगायतद्वारा प्रस्तुत विषयगत प्रतिवेदनहरु छलफल सहित अनुमोदन भएका छन् । संस्थाका अध्यक्ष राधिका आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष चन्द्रावती गैरेले स्वागत, लेखा संयोजक इन्दु सुवेदीले सात सिद्घान्त वाचन तथा कार्यक्रमको संचालन सचिव गीतादेवी पौडेलले गरेकी थिइन ।

प्रतिकृया दिनुहोस्