Pokharapatra National Daily

वडा १२ का अध्यक्ष बाँस्तोलाको पहिलो महिनाको तलव मन्दिरमा

पोखरा महानगरपालिका वडा नम्बर १२ का नव निर्वाचित वडा अध्यक्ष सन्तोष बाँस्तोलाले १२ वटा महत्वपुर्ण कामको तत्काल सुरुवात गर्ने गरी पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै नव निर्वाचित वडा अध्यक्ष सन्तोष बाँस्तोलाले वडाको मुख्य चोक चोकमा सिसी क्यामरा राख्ने, पहिलो महिनाको तलब त्रिशत्ती दुर्गा मन्दिरलाई दिने, वडामा देखीएका खाल्टाहरु सबै टाल्ने, बाटो छेउ वरिपरिका नाला सफ गर्न लगाउने र वडामा ब्यबस्थित पार्क भने । त्यसैगरी व्यवस्थित पार्किङ बनाउने, सितालदेवी मन्दिरलाइ अझै व्यस्थित गर्दै आरती सुरु गर्ने, सवैसँग सल्लाह गरी सार्वजनिक शौचालय निर्माण गर्नेे, वडाका मुख्य बाटोमा रङरोगन गर्ने र विजुलीका पोलमा नयाँ बत्ती थप्ने तथा पुरानो बती मर्मत गर्न लगाउने, वडामा हरेक कार्यलाइ अनलाइन
प्रक्रियामा लगेर वडाको एप बनाउने अध्यक्ष बाँस्तोलाले जानकारी गराए । उच्चतम प्रविधिको माध्यमबाट वडाको सूचना तथा जानकारी वडाका सम्पूर्ण नागरिक समक्ष पु¥याउने संयन्त्र निर्माण गर्ने, नागरिकका गुनासो टिप्ने र सुनाउने, अशक्त, बृद्ध भत्ता घर घरमा लगेर दिने पनि सोही दिन जानकारी दिए । प्रकृति मही वातवरण सिर्जन गर्नको लागि एक घर एक बिरुवा रोप्न लगाउने र रोपेको पुरानो बिरुवामा गोड्ने मल हाल्ने काम गर्ने (बिरुवा वडाले दिने) र वडाबासीलाई निःशुल्क एम्वुलेन्स सुविधा दिने, बर्षमा ६ जना गरीब, पिछडिएकोर्गका बिद्यार्थीलाई वडाले पढाउने जिम्मा लिने र वडाको ३ वटा सरकारी स्कुलमा वडा कार्यालयले सेनेटरी प्याड निशुल्क दिने, बाटो निर्माणको सम्झौता (चापापनी मार्ग) र बाँकी कच्ची बाटो पहिचान गरी प्रकियागत रुपमा अघि बडाउने कामहरु आँफुलले तत्काल सुरु गर्ने अध्यक्ष बाँस्तोललो प्रतिबद्धता व्यक्त गरे ।
पदभार कार्यक्रममा नेकपा माओवादीका नेता मिन गुरूङ, नेकपा एमाले १२ का अध्यक्ष बलराम ढुङ्गाना, नेपाली कांग्रेस पोखरा १२ का कार्यवाहक सभापती राम्जी बास्तोला, नेकपा समाजवादी १२ का अध्यक्ष डिलाराम लामिछाने, निर्वतमान वडा सदस्य तथा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार देशभक्त केसी, निर्वतमान वडा सदस्य विष्णु विक,समाजसेवी ऋिषवदेव बाँस्तोला लगाएतले नव निर्वाचित वडा अध्यक्ष लगायत सदस्यहरुको सफल कार्याकालको कमना गरेका थिए । नव निर्वाचित वडाअध्यक्ष सन्तोष बास्तोला सहित सदस्यहरु शान्ति कोइराला,गोमादेवी परियार,शान्त बहादुर थापा,गोविन्द प्रसाद सिग्देलले आजबाट पदभार ग्रहण गरेका छन् । पोखरा १२ मा नेपाली काग्रेसको प्यानल नै विजयी भएको थियो ।
वडा सचिव मन्जु ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यालय साहयक डम्वरजग गुरूङले गरेका थिए भने कार्यक्रम सञ्चालन सुचना अधिकारी शारदा बराल वाग्लेले गरेकी थिइन ।

प्रतिकृया दिनुहोस्